फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
काठमाडौं – फक्सवागन गाडीको लागि नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले यो वर्षको दशैं र तिहारको शुभ अवसरलाई लक्षित गर्दै Unbeatable Festive Offer योजना ल्याएको छ ।
यो योजना अन्तर्गत फक्सवागनका प्रिमियम चार पाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले ०.९९ प्रतिशतबाट सुरु हुने गरि न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् । नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्विच हुन खोज्ने गाडीप्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर हो ।
Unbeatable Cars, Unbeatable Offers ट्यागलाइनका साथ सुरु हुने यो योजनामा उत्कृष्ट जर्मन–इन्जिनियर कारमा ‘उत्कृष्ट फाइनान्स’ सुविधा प्राप्त हुनेछ। साथै, टेस्ट ड्राइभको लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
यो योजना सेप्टेम्बर १ गतेदेखि देशभर लागु हुँदैछ। उत्कृष्ट उपभोक्तामुखी यो योजना सीमित समयको लागि मात्र मान्य हुनेछ। यो चाडपर्वको अवसरमा उत्कृष्ट अफर लिन र घरमा खुसी ल्याउन तपाइँको नजिकको फक्सवागन शोरुममा जान नभुल्न समेत कम्पनीले सुझाव दिएको छ ।
फक्सवागनका टाइगुन हाइलाइन र टपलाइन तथा टिगुआन अल स्पेसमा ०.९९ प्रतिशत तथा पोलोमा ९.९९ प्रतिशत ब्याजदर उपलब्ध हुनेछ ।
पूजा इन्टरनेसनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ। फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन्। जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको कम्पनीको भनाइ छ। नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
जर्मन अटो निर्माता फक्सवागले नयाँ इलेक्ट्रिक कार आडी७ लाई सार्वजनिक गरेको...
फक्सवागन टाइगुनको हालै ल्याटिन एसीएपीद्वारा गरिएको सेफ्टी रेटिङमा ५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...