के हो ब्याक गर्ने तरिका ? गाडी ब्याक गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ?
गाडीलाई अगाडिबाट पछाडितिर लैजानुलाई ब्याक गर्नु भनिन्छ। गाडीलाई अगाडि...
सड़क सुरक्षा परिषद गठन, सड़क सुरक्षा सम्बन्धी नेसनल एक्सन प्लान घोषणा, रोड सेफ्टी एक्ट निर्माण तथा सार्वजनिक यातायात सुधार, मोटरसाइकलिस्ट सुरक्षा जस्ता एजेण्डामा विगत लामो समयदेखि कार्यरत नेपाल अटोमोबाइल्स एसोसिएसनले आफ्ना साझेदार संघ–संस्थासँगको सहकार्यमा यस वर्षको ग्लोबल रोड सेफ्टी विक (UN Global Road Safety Week) को सन्दर्भमा विभिन्न कार्यक्रम गर्ने बताएको छ ।
सडक दुर्घटना विश्वभरि अकाल मृत्युको साताै कारण रहेको तथ्याङ्कले देखाएको छ भने नेपालमा पहिलो कारण जस्तै बनेको छ । सडक दुर्घटनाबाट विश्वमा वार्षिक १३ लाख मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन् भने नेपालमा ३ हजारभन्दा धेरैले ज्यान गुमाइरहेका छन् । यद्यपि हाम्रो तथ्याङ्कमा समेत एकरुपता छैन भने न्यूनीकरणमा एकरुपता कसरी अपेक्षा गर्न सकिन्छ ?
सडक यातायातको यस किसिमको भयावह अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (WHO) ले प्रत्येक दुई वर्षको अन्तरालमा विश्वभरि ग्लोबल रोड सेफ्टी विक मनाउँदै आइरहेको छ ।
संयुक्त राष्ट्रसंघ (UN) २००५ को बैठकपछि सडक दुर्घटनाले विश्वभरि निम्त्याएको क्षतिलाई कम गर्न र सडक संरचना तथा पूर्वाधार निर्माण र विकास अनिवार्य गर्नुपर्ने देखिएपछि WHO ले उक्त अभियान शुरु गरेको हो ।
अप्रिल २००७ मा पहिलो पटक UN Road Safety Week शुरु गरिएको थियो भने दोस्रो संस्करण २०१३ मा मात्र भएको थियो । त्यसपछि क्रमशः प्रत्येक दुई वर्षको अन्तरालमा विभिन्न थिममा यस अभियानले निरन्तरता पाइरहेको छ ।
२००७ को पहिलाे संस्करणको थिम Road Safety is no Accident थियो । त्यस पश्चात २०१३ सालमा दोश्रो संस्करणमा Pedestrian Safety, २०१५ को तेश्रो संस्करणमा #SaveKidsLives, २०१७ को चौंथो संस्करणमा Save Lives - #SlowDown, २०१९ को पाँचौ संस्करणमा Save Lives - #SpeakUp,, २०२१ को छैंटौ संस्करणमा Streets for Life – #Love30, २०२३ को सातौ संस्करणमा Streets for Life – #RethinkMobility थिमहरु मार्फत सडका सुरक्षा सप्ताह मनाइएको थियो ।
सोही अभियानलाई निरन्तरता दिंदै यही २०२५ मे महिनाको १२–१८ विश्वभरि नै आँठौ UN Global Road Safety Weekविभिन्न कार्यक्रमका साथ मनाउने तयारी भइरहको छ ।
Streets for Life #MakeWalkingSafe #MakeCyclingSafe थिम रहेको सडक सुरक्षा सप्ताह सधैंझैं यस वर्षपनि नेपाल अटोमोबाइल्स एसोसिएसनले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरेर मनाउने भएको छ ।
काभ्रेको घुलिखेल, नवलपुरको गैडाकोट तथा कपिलवस्तुको अमिलियामा सडक सुरक्षा सम्बन्धी युवाहरुको अन्तर्किया तथा वर्कसप आयोजना गरिनेछ । त्यसैगरी विकको अन्तिम दिन रोड सेफ्टी मिडिया अवार्ड समारोह काठमाडौँमा आयोजना गरिनेछ ।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए), एफआईए फाउन्डेसन, एआइपी फाउन्डेसन तथा ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टी लगायतका अन्तर्राष्ट्रिय महासंघहरुसँग सहकार्य गरिरहेको यस संघ यस वर्ष युवा सम्मेलन र वर्कसपहरु, सार्वजनिक यातायात सुधार, स्टार रेटिङ्ग स्कुलमार्फत विद्यालय क्षेत्र सुधार तथा रोड सेफ्टी अडिट लगायतका कार्यमा संलग्न रहेको छ । दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा क्रियाशील दर्जनौ संघ–संस्थाको नेसनल एलायन्सको सचिवालयको रुपमा यस संघ सक्रिय छ ।
नेपालको अटोमोबाइल क्षेत्रमा विगत सत्र वर्षदेखि क्रियाशील नेपाल अटमोबाइल्स एसोसिएसन मोटरस्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी, ड्राइभ टुरिजम तथा सडक सुरक्षाको क्षेत्रमा संलग्न रहेको छ । यस संघले केही वर्षदेखि स्थानीय देखि केन्द्र सरकारसँग उल्लेखित विषयका विकास र प्रवद्र्घनको निम्ति लविङ्ग गर्दै आइरहेको छ । त्यसैगरी सुरक्षित र डबल हेल्मेटको कार्यन्वयनमा जोड तथा सडक दुर्घटनामा घाइते र पिडितहरुको उद्दार, उपचार र पुनस्र्थापना तथा अध्ययन र अनुसन्धान जस्ता विषयमा सरकारी लगानी गरी सम्भावित दुर्घटना न्यूनिकरण गर्न पहल गर्दै आइरहेको छ ।
Streets for Life थिम रहेको यस वर्षको सडक सप्ताह पैदल यात्री र साइकल प्रयोगकर्ताको सुरक्षित यात्रा केन्द्रित हो । विश्वभरिकै सडक दुर्घटनाका घाइते र मृत्यु हुनेको लगभग २५ प्रतिशत पैदल यात्री र साइकल यात्री रहेको अवस्थामा यसको न्यूनिकरण गर्न र सुरक्षित तथा दिगो पूर्वाधार निर्माण गर्न पहल गर्नु पर्दछ भन्ने अभिप्रायले यस सप्ताह मनाइदै छ ।
त्यसैगरी सुरक्षित र दिगो यात्राको माध्यमको लागि साइकलको बढी प्रयोग र पैदल यात्रालाई प्रवर्धन हुने यस कार्यले यूएनको सडक सुरक्षा दशक (UN Decade's for Road Safety Action, 2021-2030) लाई सम्बोधन गर्ने विश्वास छ ।
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (एआईएम), अन्तर्राष्ट्रिय पावरबोटिङ युनियन (यूआईएम) तथा सडक सुरक्षा सम्बन्धी ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टीमा समेत आवद्ध छ । यस संघ नेपाली व्यवसायिक महासंघ नेपाल चेम्वर अफ कमर्समा समेत सदस्य रहेको छ । यस संघ एलायन्स इन्टरनेसनल डे टुरिजमको समेत सदस्य हो, जसले दिगो र ड्राइभ टुरिजमको लागि विश्वव्यापी रुपमा कार्य गर्दछ । नेपालको दिगो पर्यटनको लागि समेत ड्राइभ टुरिजम एउटा भरपर्दो विकल्प हो, जसको लागि पनि दिगो सडक र सुरक्षित यातायात प्रारम्भिक शर्त हो ।
गाडीलाई अगाडिबाट पछाडितिर लैजानुलाई ब्याक गर्नु भनिन्छ। गाडीलाई अगाडि...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले नेपालको प्रतिनिधित्व गर्दै मोटर...
महिलाको मोटर स्पोर्ट्समा समान सहभागिता मुख्य नाराका साथ ११४ औँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...