शनिबार ‘अल्ट्राभायोलेट राइड’ हुने, मिस नेपाल वर्ल्ड केसीद्वारा उदघाटन गरिने

काठमाडौं – आगामी शनिबार अर्थात जेठ ३१ गते ‘अल्ट्राभायोलेट राइड’ कार्यक्रम जेष्ठ ३१ गते (शनिबार) आयोजना हुने भएको छ । काठमाडौं देखि धुलिखेल सम्म हुने उक्त राइडको उदघाटन मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीले गर्नेछिन्।

कार्यक्रमको सुरुवातमा, बिहान ७ः०० बजेदेखि ८ः०० बजेसम्म नक्सालस्थित अल्ट्राभायोलेट शोरूममा मिस नेपाल आश्मा केसीसँग विशेष भेटघाट अर्थात मिट एन्ड ग्रिटको अवसर प्रदान गरिनेछ। सहभागी तथा शुभेच्छुकहरूलाई सो समयमा सहभागी भई मिस नेपालसँग भेटघाट गर्न आमन्त्रित गरिएको कम्पनीको भनाइ छ ।

केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार, राइड नक्सालस्थित शोरूमबाट सुरु भई नयाँ बानेश्वर – भक्तपुर – बनेपा हुँदै धुलिखेलमा पुगेर समापन हुनेछ।

सो राइडमा अल्ट्राभायोलेट बाइकका साथै २५० सीसीभन्दा माथिका अन्य कम्पनीका बाइक राइडरहरू पनि सहभागी हुनेछन्। कोइरालाका अनुसार, अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको हो।

राइडमा सहभागी हुने इच्छुक राइडरहरूले आफ्नै बाइक र पेट्रोलको व्यवस्था गर्नुपर्नेछ, भने अन्य सबै व्यवस्थापन आयोजक कम्पनीले गर्नेछ।

नेपालको १०९ वर्ष पुरानो घराना, केडिया अर्गनाइजेसन अन्तर्गत केडिया इन्टरनेसनल प्रालिले नेपाली बजारमा अल्ट्राभायोलेट ब्रान्डका बाइक लामो समय देखि बिक्री वितरण गर्दै आइरहेको छ। अल्ट्राभायोलेट एउटा उच्च खण्डको प्रतिष्ठित बाइक हो। अल्ट्राभायोलेट प्रिमियम ब्रान्डमा पर्दछ र यसको शोरुम नक्सालमा रहेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...