ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा...
काठमाडौं - अल्ट्राभोइटलेको नेपालका लागि आधिकारिक वितरक केडिया समूहले अल्ट्राभोइलेट राइड आयोजना गर्ने भएको छ ।
कम्पनीले आगामी शनिबार काठमाडौं देखि ककनीसम्मको अल्ट्राभोइलेटसँगै अन्य २५० सीसी माथिको कुनै पनि कम्पनीको बाइक लिएर राइडरले सहभागी हुनेगरी एक दिने बाइक राइड गर्न लागेको हो ।
अफरोड र अनरोड दुवैको अनुभवका लागि टेस्ट राइड आयोजना गरेको कम्पनीले जनाएको छ ।
साथै, अल्ट्राभोइलेट राइडमा २५० सीसीमाथिका बाइक धनीले समेत राइडमा सहभागिता जनाउन सक्ने छन् भने बाइक र पेट्राेल बाहेक अन्य खर्च कम्पनीको हुने केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाले बताए ।
अल्ट्राभोइलेट एफ ७७ को मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको छ ।
एफ ७७ माक टूमा २७–३० किलोवाट पिक पावर क्षमताको मोटर छ । यसमा १०.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ ।
यसलाई एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसले डीसी फास्ट चार्जर समेत सर्पोट गर्छ । यस्तै कम्पनीले ८ लाख किलोमिटर ब्याट्रीमा वारेन्टीसमेत दिएको छ ।
यसमा स्टयान्ड सेन्सर, हिल होल्ड, ट्रायाक्सन कन्ट्रोल, मनो डयुअल च्यानल एबीएस, डाइनामिक स्टयाबिलिटी कन्ट्रोल डिस्क ब्रेक, एलईडी डिस्प्ले, राइड मोड, एलईडी हेड लाइट्स जस्ता फिचर उपलब्ध छन् ।
यो राइडमा सहभागी हुन एउटा फारम अनलाइनबाट भर्नुपर्ने र कल मार्फत पनि पूर्व जानकारी गराएर सहभागी हुन सकिने बताइएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा...
काठमाडाै – नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक...
ट्रायम्फ मोटर्स इन्डियाले आफ्नो तेस्रो ४०० सीसी इलेक्ट्रिक बाइक स्पिड टी४...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...