टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बेच्न नपाउने, यस्तो छ कारण

टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बिक्री गर्न नपाउने भएको छ । बेलायतको नयाँ कानुन अन्तर्गत टेस्लाले यो प्रतिबन्धको सामना गर्नुपरेको हो ।

यससँगै इलन मस्कको ‘रोबट ड्रिभन’ गाडी बिक्री गर्ने योजनामा धक्का लागेको छ । यसअघि नै बेलायतमा टेस्लाविरुद्ध ‘ड्राइभर एसिस्टेन्स’ प्रविधिलाई लिएर मुद्दा चलिरहेको थियो । टेस्लामा सेल्फ ड्राइभिङको फिचर भए पनि कार निरन्तर ड्राइभरको निगरानीमा चल्छ । त्यसलाई ‘एसिस्टेन्स सिस्टम’ भनिन्छ ।

टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ अपग्रेडका लागि विश्वभरबाट ग्राहकलाई हजारौं पाउण्ड डलर तिर्न लगाइरहेको छ । यद्यपि, उसले सो प्रविधिको ‘टेस्ट भर्सन’ भने उत्तर अमेरिकी देशमा मात्रै ‘एक्टिभेट’ गरेको छ ।

गत सातामात्रै बेलायतको सरकारले ‘सेल्फ ड्राइभ’, ‘ सेल्फ ड्राइभिङ’, ‘ड्राइभ इटसेल्फ’, ‘ड्राइभरलेस’ र ‘अटोमेटेड भेहिकल’ लाई नियमन गर्न विधेयक ल्याउने घोषणा गरेको थियो ।

अटोमेटेड भेहिकल विधेयक कानुनमा परिणत भएसँगै प्रतिबन्ध कार्यान्वयनमा आउनेछ । यो कानुन सन् २०२४ वा २०२५ देखि लागू हुनेछ । बेलायतको यो कानुनले टेस्लालाई सोही प्रविधिको आधारमा बजारमा गाडी बिक्री गर्न गाह्रो हुनेछ ।

सम्बन्धित समाचारहरू

शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सका सवारी साधन...

दिपल एस०५ र नामी ०६ को मूल्य सार्वजनिक, नाडा अटो शोमार्फत बिक्री सुरु हुँदै

दिपल एस०५ र नामी ०६ को मूल्य सार्वजनिक, नाडा अटो शोमार्फत बिक्री सुरु हुँदै

काठमाडौं–एमएडब्लु बृद्धिले नेपाल ल्याउन लागेको इलेक्ट्रिक कार दिपल एस०५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...