नेपाली बजार प्रवेश गर्दै ४० लाख भन्दा कम मूल्यको नयाँ ईभी : नामी ०१
नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण...
काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ मा दुई पाङ्ग्रे सवारीको आयात बढेको छ । गत वर्ष पेट्रोलबाट चल्ने दुई पाङ्ग्रेको बजार २९ प्रतिशत र विद्युतिय दुई पाङ्ग्रेको २२ प्रतिशतले बृद्धि भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटर १ लाख ३४ हजार ५३४ यूनिट आयात भएको छ । अघिल्लो वर्ष १ लाख ४ हजार १८० यूनिटमात्र पेट्रोल दुई पाङ्ग्रे आयात भएको थियो ।
यसैगरी, विद्युतिय दुई पाङ्ग्रे अघिल्लो वर्ष भित्रिएको ७ हजार १५५ युनिटबाट बृद्धि भएर ९ हजार ८९४ यूनिट पुगेको छ । बजारमा नयाँ ब्राण्डका ईभी भित्रिने लहर चलेका कारण विद्युतिय दुई पाङ्ग्रेको आयातमा बृद्धि आएको हो ।
पेट्रोल र विद्युतिय दुबै प्रकारका दुई पाङ्ग्रेको आयात बढेका कारण बजारमा यस्ता साधनको माग क्रमिक रुपले बढ्न थालेको अनुमान गर्न सकिन्छ । पेट्रोलबाट चल्ने दुई पाङ्ग्रेका अधिकांश ब्राण्डले नेपालमै एसेम्वल उद्योग लगाएका कारण अनएसेम्वल अवस्थाका यस्ता साधन धेरै मात्रामा आयात भएका छन् ।
गत वर्ष ८१ हजार यूनिट अनएसेम्वल मोटरसाइकल र स्कुटर नेपाल आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा आयात गरिएको ४२ हजार यूनिटको तुलनमा लगभग दोब्बरले बढी हो ।
नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण...
चेरीको नयाँ एसयुभी फुलविन ए८एल ले सर्बाधिक रेन्ज दिने हाइब्रिड कारका...
काठमाडौं–नेपाली बजारमा अर्को नयाँ चिनियाँ ईभी उपलब्ध भएको छ । चिनियाँ अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...