सुजुकीको २ नयाँ एसयुभी नेपाल आउने प्रतिक्षामा, ग्रान्ड भिटराले बजार हिस्सा झनै बढाउने अनुमान

मारुती सुजुकीले भारतमा हालसालै २ नयाँ एसयूभी सार्वजनिक गरेको छ । यसअघिको भिटरा व्रेजालाई अपडेट गरेर व्रेजा नाममा आएको सव कम्प्याक्ट एसयुभी र अर्को ग्रान्ड भिटरा कम्प्याक्ट एसयुभी केही समयको अन्तरालमा लन्च भएका हुन् । जसमध्ये व्रेजाको वुकिङ खुल्ला भैसकेको छ भने ग्रान्ड भिटरालाई सार्वजनिक गरिएको मात्र हो ।

यी दुई एसयुभी लन्च भएपछि सुजुकीको एसयुभी सेग्मेन्टमा बजार हिस्सा झनै बिस्तार हुने देखिएको छ । सव कम्प्याक्ट अर्थात क्रस ओभर सेग्मेन्टमा बजारको नेतृत्व गर्दै आइरहको भिटरा व्रेजा नयाँ लुक्स र थप फिचर्स सहित अपडेट भएर आएका कारण यो नयाँ एसयभीलाई ग्राहकले अझै बढी मन पराउने निश्चित प्राय देखिन्छ । यसैगरी कम्प्याक्ट एसयुभी सेग्मेन्टमा पहिलो मोडलका रुपमा आएको ग्रान्ड भिटराले पनि एसयुभी पारखीलाई आकर्षित गर्ने नै छ ।

हुन्डाई क्रेटा र किया सेल्टोसको प्रतिस्पिर्धीका रुपमा आएको ग्रान्ड भिटरामा मारुती सुजुकीले पहिलोपटक हाइव्रिड इन्जिन दिएको छ । जसका कारण यो एसयुभीले २८ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने दावी छ । उच्च माइलेज, आकर्षक लुक्स तथा डिजाइन र अत्याधुनिक विशेषता दिइएको यो नयाँ एसयुभीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो प्रभाव जमाउनेमा खासै शंका गर्नुपर्ने देखिँदैन ।

यी दुई एसयुभी अवको केही समयपछि नेपाली बजारमा समेत आउने लगभग पक्कापक्कि जस्तै देखिन्छ । सवारीसाधन आयतमा प्रतिवन्ध नभएको भए नयाँ व्रेजा दशैं अगावै नेपाल आउने निश्चित जस्तै देखिएको थियो । भदौ ७ गते गर्ने भनिएको अटो सोमा यो एसयुभीलाई सोकेस गर्न कम्पनीले तयारी समेत गरिरहेको अबस्थामा प्रतिवन्ध थप लम्बिएको र अटो शो समेत हुन नसक्ने देखिएपछि यसको नेपाल यात्रा अनिश्चित वन्दै गएको छ । यद्यपी आयतमाथीको प्रतिवन्ध हटे लगत्तै यो नयाँ एसयूभी नेपाल आउने नै छ ।

यसैगरी भारतमा सार्वजनिक मात्र गरिएको ग्रान्ड भिटरको औपचारिक लन्च हुन वाँकी नै छ । अवको केही सयमपछि यो एसयूभकिो औपचारिक लन्च हुने र लगत्तै यसको नेपाल यात्रा समेत शुरु हुनेछ । यसो हुँदा यो वर्षभित्र यी दुईवटै एसयुभी नेपाल आउने देखिन्छ ।

नेपाल आएपछि व्रेजाले हाल कायम रहँदै आएको आफ्नो दवदवालाई निरन्तरता दिँदै थप बजार विस्तार गर्नेछ भने ग्रान्ड भिटराले हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन, स्कोडा कुसाक र निशान किक्ससंग प्रतिस्पर्धा गर्दै यो सेग्मेन्टको बजार खोस्ने देखिन्छ । साथै यसले सुजुकी ब्रान्डमा ग्राहकले देखाउँदै आएको विश्वासलाई समेत अधिकतम क्यास गर्नेछ ।

सुजुकीका यी दुई एसयुभी नेपाल आएपछि यहाँको बजारमा यो ब्रान्डको बजार हिस्सा अझै वढ्ने अनुमान गर्न सकिन्छ । बजारमा अहिले क्रसओभर र कम्प्याक्ट एसयुभीको माग उच्च रहेको र यी दुई सेग्मेन्टमा उच्च प्रतिस्पर्धा गर्न दमदार प्रोडक्ट समेत भएका कारण यी नयाँ एसयूभीको नेपाली बजार सुनिश्चित रहने सहजै अनुमान लगाउन सकिन्छ ।

यस्ता छन् यी दुई एसयुभी
यी दुई एसयुभीमा समान क्षमताको इन्जिन जडान गरिएको छ । दुवै एसयूभीमा १.५ लिटर के १५ सी इन्जिन जडान गरिएको हो । एउटै इन्जिन भएका कारण दुवै एसयूभीको पावर र टर्क समेत समान छ । यी दुवै एसयूभीले १०३ एचपी पावर र १३६ एनएम टर्क जेनेरेट गर्छन् ।

व्रेजामा प्याडल सिफ्टर सहित ५–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गियरबक्स दिइएको छ भने ग्रान्ड भिटरामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भर्टर गियरबक्स दिएको छ । ग्रान्ड भिटरामा इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ । यो हाइब्रिड इन्जिनको संयुक्त पावर ११४ बीएचपी र टर्क १४१ एनएम रहेको छ । हाइव्रिड इन्जिका कारण यसको माइलेज समेत उच्च छ । ग्रान्ड भिटराले २८ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

व्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र फ्ल्याट बटम स्टेयरिङ छ । त्यसैगरी ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, १२ भोल्टको सकेट र पुस स्टार्ट स्टप बटन दिइएको छ । उता ग्रान्ड भिटरामा पनि ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्स्ट्रयुमेन्टर क्लस्टर पाउन सकिन्छ । टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट छ भने ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम पनि पाउन सकिन्छ । यी दुवै एसयूभीमा पनारोमिक सनरुफ समेत दिइएको छ ।

सुरक्षाका लागी यी दुईवटै एसयूभीमा ६ वटासम्म एयर व्याग दिएको छ । दुवै एसयूभीमा इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ ।

इन्जिन, पावर र फिचर्स लगभग समानजस्तै देखिएपनि यी दुई एसयूभीको मूल्यमा भने ठूलै अन्तर रहने देखिएको छ । व्रेजाइलाई कम्पनीले ८ देखी १४ लाख भारुसम्म लन्च गरेको छ भने ग्रान्ड भिटराको मूल्य ११ देखी १८ लाख भारुसम्म कायम हुनसक्ने आँकलन गरिएको छ । यो नयाँ एसयूभी यसै वर्षको सेप्टेम्वर अन्तिमसम्म लन्भ हुने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

१ लाख ५० हजार सम्म बढ्यो सुजुकी गाडीको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

१ लाख ५० हजार सम्म बढ्यो सुजुकी गाडीको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स...

सुजुकी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक : यस्तो हुनेछ मूल्य

सुजुकी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक : यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको...

सुजुकी कार अब ७.४९ प्रतिशत ब्याजदरमा किन्न पाइने, नबिल बैंकले फाइनान्सिङ गर्ने

सुजुकी कार अब ७.४९ प्रतिशत ब्याजदरमा किन्न पाइने, नबिल बैंकले फाइनान्सिङ गर्ने

काठमाडौं – सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नबिल बैंकसँगको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...