रोयल इन्फिल्डका दुई शोरुमको औपचारिक शुभारम्भ हुँदै

काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्डको आधिकारिक वितरक बने पश्चात अल्फा अटोमोटिभले काठमाडौंका दुई स्थानमा शोरुम सञ्चालन गरेको छ । नक्साल र बालकुमारीस्थित शोरुम सञ्चालनमा आइसके पश्चात केही दिनमै यसको औपचारिक शुभारम्भ गर्ने तयारी भएको कम्पनी स्रोतको भनाइ छ ।

पहिले दुगड ब्रदर्स एन्ड सन्स अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले लामो समय सम्म रोयल इन्फिल्डका बाइक बिक्री–वितरण गरिरहेकोमा हाल अल्फा अटोमोटिभ आधिकारिक वितरक बनेको छ । यद्यपि आयात प्रतिबन्ध र अन्य विभिन्न प्रावधानका कारण नेपाली बजारमा रोयल इन्फिल्डका विभिन्न नयाँ मोडल उपलब्ध हुन सकेका थिएनन् ।

हाल नेपाली बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० बिक्रीका लागि उपलब्ध छ । ब्याटल ग्रिन, गन मेटल ग्रे र ब्ल्याक कलरमा उपलब्ध क्लासिक ३५० को पहिलो दुई कलरको मूल्य ६ लाख ५० हजार र ब्ल्याक कलरको मूल्य ६ लाख ४० हजार रुपैयाँ छ ।

नेपाली ग्राहकले रोयल इन्फिल्ड मेटियर ३५० समेत बुकिङ गर्न सक्ने अल्फा अटोमोटिभले जनाएको छ । आगामी दिनमा अन्य मोडल समेत उपलब्ध हुने बताइएको छ ।

शोरुममा रोयल इन्फिल्ड मोटरसाइकलका अतिरिक्त हेल्मेट, विभिन्न प्रकारका गियर र अन्य एसेसरिज समेत उपलब्ध हुनेछन् ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो ।...

३५०-६५० सिसी सेग्मेन्टमा रोयल इनफिल्डको एकलौटी बजार, वार्षिक बिक्री १० लाख नाघ्यो

३५०-६५० सिसी सेग्मेन्टमा रोयल इनफिल्डको एकलौटी बजार, वार्षिक बिक्री १० लाख नाघ्यो

रोयल इनफिल्डले २०२५ मा हालसम्मकै धेरै मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले...

रोयल इन्फिल्डले सस्तो बाइक लन्च गर्ने, के होला मूल्य र फिचर्स ?

रोयल इन्फिल्डले सस्तो बाइक लन्च गर्ने, के होला मूल्य र फिचर्स ?

रोयल इन्फिल्डले मार्चको पहिलो हप्तामा आफ्नो आगामी स्क्राम ४११ बाइक लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...