ओमोडा ई५ ले पार ग-यो महत्वपूर्ण परीक्षण वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ

ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा ई५ (ई–फाइभ) ले ब्याट्री सम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण गाडीको पानी छिचोल्ने वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ परीक्षण गरेको छ । सो गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको कम्पनीको भनाइ छ ।

पानी छिचोल्ने वाटर वेडिङ परिक्षणले ओमोडा ई–फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ । परीक्षणका क्रममा, ओमोडा ई–फाइभले गाडीको अगाडिको ग्रिल सम्मको पोखरी सतहकै पानीलाई छिचोलेको थियो । पोखरीको पानीले गाडीको अगाडिको भागको तीन चौथाई भाग छोपेको थियो । त्यसका बावजुद ओमाडा ई फाइभले पोखरीलाई स्थिर गतिमा पार गर्न सफल भयो । सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी भएन, न त त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नै बज्यो ।

अण्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश सिर्जना गरिएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध सिर्जना गरी परीक्षण गरिएको हो । सो परीक्षणमा ओमोडा ई–फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो ।

तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्री प्याकमा कुनै क्षति पुगेन । जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षति पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ ।

ओमोडाका सवारी साधन उत्पादनको आधारभूत सिद्धान्त नै सुरक्षा भएको कम्पनीको भनाइ छ । ओमोडा ई फाइभको वाटर वेडिङ र अण्डरबडी स्क्रापिङमा लक्ष्यमा सन्तोषजनक प्रदर्शनले ओमोडाको अधिकतम सुरक्षा प्रदान गर्ने प्रतिबद्धताले झनै मजबुत बनाएको छ ।

यसले प्रयोगकर्ताको आगामी दिनको यात्रालाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै ओमाडाको सुरक्षा प्रविधिको उत्कृष्ट प्रयोगले सवारी उद्योगकै मापदण्डलाई उचाइमा पु¥याएको छ ।

सुरक्षाको दृष्टिकोणबाट ओमोडा ई५ सी–एनक्याप, युरो एनक्याप, एनक्याप, ल्याटिन एनक्याप र एसियन एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

नेपालमा एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई५ गाडी बिक्री–वितरण गरिरहेको छ । यो गाडी नेपाली बजारमा पनि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय गाडीको प्रविधि बुझाउन पोखरामा सेमिनारको आयोजना

विद्युतीय गाडीको प्रविधि बुझाउन पोखरामा सेमिनारको आयोजना

पोखरा – विद्युतीय गाडीको प्रविधिको भविष्य बुझाउने उद्देश्यले पोखरामा...

फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा आधारित नयाँ इभीको टिजर

फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा आधारित नयाँ इभीको टिजर

फोर्डले छिट्टै अन्तराष्ट्रिय बजारमा नयाँ इभी ल्याउने भएको छ । यो नयाँ...

इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री

इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री

भल्वो एक्ससी४० रिचार्ज इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...