बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– मोटरसाइकल चोरी गर्ने २ जना नयाँबजार र बालाजुबाट पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पिडित सहायता इकाइबाट सादा पोषाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले नयाँबजारबाट आयुष थापामगर र बालाजुबाट रोशन लामिछाने चढिरहेको मोटरसाइकलसहित आइतबार पक्राउ गरेको हो ।
नयाँबजार सडकखण्डबाट धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ चैनपुरका २२ वर्षीय आयुष थापामगरलाई प्रदेश ३–०२–००८प २६०७ नम्बरको कालो रातो रङको २२० सी.सी. को पल्सर मोटरसाइकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्बरको मोटरसाइकल २०७६ भदौ ६ गते ठमलस्थित भगवानबहाल मन्दिर अगाडि पार्किङस्थलबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनी कुमार राना मगरले महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनको आधारमा मोेटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको छ ।
यस्तै, दोलखाका २४ वर्षीय रोशन लामिछानेलाई बागमती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रङको २२० सीसीको पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको हो । उक्त नम्बरको मोटरसाइकल गत मंसिर १४ गते काठमाडौं बनस्थलीबाट हराएको भन्दै रामकृष्ण ढकालले महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाइएको महाशाखाले जनाएको छ ।
महाशाखाले पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानका लागि ल्याएको र ११ जनालाई पक्राउ गरी मुद्धा समेत चलाइसकिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...