नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् । सुजुकी एभेनिस स्कुटर करिब एक महिना भित्रै नेपाली बजारमा भित्रिने छ भने सुजकी भी–स्टोर्म २५० आगामी भदौमा हुने नाडा अटो शो सम्म भित्रिने अनुमान गरिएको छ ।

सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नयाँ वर्ष २०७९ पश्चात नै सुजुकी एभेनिस नेपाली बजारमा उपलब्ध गराइसक्ने बताए पनि यो विभिन्न कारणले ढिलाई भइरहेको छ । अब करिव एक महिना भित्रै यो स्कुटर भित्रिने कम्पनी स्रोतले बताएको छ ।

त्यसैगरी सुजुकीको एड्भेन्चर बाइक भी–स्टोर्म २५० आगामी भदौको प्रारम्भमै हुने नाडा अटो शो सम्म आउन सक्ने अनुमान गरिएको छ ।

सुजुकी एभेनिस

सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।

सुजुकी एभेनिसमा फ्युल भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप पेश गरिएको छ । सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस र फ्रन्ट बक्स जस्ता फिचर रहेको छ । एड्भान्स स्पोर्टी स्टाइलिङ, मोटरसाइकलबाट प्रेरित रियर इन्डिकेटर, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्पले सुसज्जित रहेको छ । सुजुकी एभेनिसमा एड्भान्स स्पोर्टी डिजाइन रहेको छ । जसमा मोटरसाइकलबाट प्रेरित स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर समावेश छ ।

सुजुकी एभेनिस कन्सोललाई एन्ड्रोइड र एप्पल दुवै फोनमा जडान गर्न सकिन्छ । फोन जडान गर्न आफ्नो एन्ड्रोइड टीएम वा आईओएस डिभाइसमा ’सुजुकी राइड कनेक्ट’ एप डाउनलोड गर्नुपर्छ र एप्लिेकेसन इन्स्टल गरिसके पछि प्रयोगकर्ताले स्कुटरलाई फोनबाट कनेक्ट गर्न सकिन्छ । त्यसपछि नेभिगेसन असिस्टेन्स र लास्ट पार्क लोकेसन र ट्रिप रिपोर्ट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

न्यु सुजुकी एभेनिस एसईपी टेक्नोलोजी र सुजुकी राइड कनेक्टले सुसज्जित रहेको र यसले गर्दा सबैभन्दा स्पोर्टी र तीव्र गतीको सवारी हुने कम्पनीले जानकारी दिएको छ । ब्लुटुथ डिजिटल कन्सोलको साथमा सुजुकी राइड कनेक्ट एप्लिेकेशन मार्फत मोबाइल फोन सिंक गर्न सकिन्छ । जसमार्फत राइडरले टर्न बाई टर्न नेभिगेसन, इनकमिङ कल, एसएमएस र ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल र अनरिड एसएमएस अलर्ट, ओभर स्पिड अलर्ट, फोनको ब्याट्री स्तर डिस्प्ले र आगमनको अनुमानित समय जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

सुजकी भी–स्टोर्म २५०

डेली कम्यूट, हाइवेमा लामो यात्रा र अफरोडका लागी समेत उपयोगी हुनेगरी डिजाइन गरिएको यो एड्भेन्चर टुरर बाइकमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट उपलब्ध गराइएको छ ।

यो नयाँ वाइकमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पिएस र टर्क २२.२ एनएम रहेको छ । यो बाइकमा सुजुकीले अक्टागोनल आकरको एलइडी हेडलाइट जडान गरेको छ जसले बाइकको लुक्सलाई थप स्लिक देखाउन मद्धत गरेको छ । साथै पछाडी उच्च पवारयुक्त एलइडी टेल लाइट दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम रहेको छ ।

यसमा दिइएको इजी स्टार्ट सिस्टमका कारण बटनलाई क्लिक गरिएकै भरमा इन्जिन स्टार्ट गर्न सकिन्छ । सुजुकी राइड कनेक्ट अन्तर्गत राइडरले आफूसंग भएको स्मार्ट फोनलाई ब्लुटुथ मार्फत यसको डिजिटल कन्सोलमा कनेक्ट गरी टर्न वाई टर्न नेभिगेसन, फोन आएको जानकारी, एसएसम अलर्ट, ह्वाट्स एप अलर्ट डिस्प्ले, मिस काल, गती उच्च भएको बारे चेतावनी र फोनको व्याट्रीको चार्जिङ वारे जानकारी लिन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

अल्टो के१० वारे जान्नै पर्ने यी ५ तथ्य

अल्टो के१० वारे जान्नै पर्ने यी ५ तथ्य

मारुती सुजुीकले हालसालै लन्च गरेको नयाँ अल्टो के१० अहिले इन्ट्रि लेभल...

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...

सुजुकी भिक्टोरिसको विश्वव्यापी निर्यात सुरु, १०० भन्दा बढी देशमा बिक्री हुने

सुजुकी भिक्टोरिसको विश्वव्यापी निर्यात सुरु, १०० भन्दा बढी देशमा बिक्री हुने

मारुती सुजुकीले भारतमा निर्मित भिक्टोरिसको निर्यात सुरु गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...