टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर चाँडै आउँदै, बलियो ब्याट्री र रेन्ज समावेश हुने

टीभीएसले यस वर्ष भारतीय बजारमा दुई पाङ्ग्रे इलेक्ट्रिक मोडल ल्याउने तयारी गरेको छ । यसका लागि कम्पनीले नयाँ दुई पाङ्ग्र्रे सवारी साधनको उत्पादन बढाउन ७०० करोड पुँजीगत खर्च गर्ने योजना बनाएको छ ।

रिपोर्टका अनुसार कम्पनीले सो स्कुटर जुन वा जुलाईमा पेश गर्ने सम्भावना रहेको छ । कम्पनीले ५केडब्ल्यु र २५ केडब्ल्यु रेन्जको २ पाङ्ग्र्रे र ३ पाङ्ग्र्रे सवारी साधनको पूर्ण पोर्टफोलियो निर्माण गरिरहेको छ, जसलाई आगामी त्रैमासिकमा लन्च गरिनेछ । यी मध्ये पहिलो उत्पादन यसै वर्ष लन्च हुनेछ ।

कम्पनीको इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युबको लागि राम्रो प्रतिक्रिया पाइरहेको छ । अब कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्ममा यसको उत्पादन क्षमता प्रतिमहिना १० हजार युनिट पु¥याउने लक्ष्य राखेको छ । टीभीएस आईक्युब ४.४ केडब्ल्यु लिथियम आयोन ब्याट्रीद्वारा संचालित छ । यसले एक पटक फुल चार्जमा ७५ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

टीभीएसले आफ्नो स्पोर्टी एनटर्क १२५ स्कुटरको एक्सटी भेरिएन्ट पनि ल्याएको छ । नयाँ स्कुटर थप रेस–आधारित डिजाइन र नयाँ पेन्ट स्किमको साथ आउँछ । एनटर्क १२५ एक्सटी १ लाख २ हजार ८२३ भारुमा लन्च गरिएको छ । यो भेरिएन्ट फ्रन्ट डिस्क ब्रेकसहित नियोन ग्रीन कलरमा उपलब्ध हुनेछ । यो भेरिएन्टमा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट स्टाइल डिस्प्ले र अपडेटेड कनेक्टिभिटी फिचर रहेको छ ।

एनटर्क १२५ एक्सटीमा १२४.८ सीसी सिंगल सिलिन्डर एयर कूल्ड इन्जिन प्रयोग गरिएको छ । सो इन्जिनले अधिकतम ९.२५ बीएचपी पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

साइमेक्स इंकले ग-यो बीवाईडी ईभीको मूल्य समायोजन, ९१ हजार देखि १० लाख सम्म बढ्यो मूल्य

साइमेक्स इंकले ग-यो बीवाईडी ईभीको मूल्य समायोजन, ९१ हजार देखि १० लाख सम्म बढ्यो मूल्य

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...

यस्तो हुन सक्छ १०० किलोवाट बढीका इलेक्ट्रिक कारको नयाँ मूल्य : एउटै कारको ७० लाख सम्म बढ्ने

यस्तो हुन सक्छ १०० किलोवाट बढीका इलेक्ट्रिक कारको नयाँ मूल्य : एउटै कारको ७० लाख सम्म बढ्ने

आगामी आर्थिक वर्षको बजेटमा सरकारले १ सय किलोवाट भन्दा बढी क्षमताको मोटर...

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सब–ब्राण्डको नामबाट ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...