यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको वुर्ज खलिफा टावरबाट सार्वजनिक हुन लागेको सो स्कुटरको टिजरलाई कम्पनीले सार्वजनिक गर्न थालेको छ । टिजरमा देखाइए अनुसार नयाँ स्कुटर कम्पनीको प्रिमियम इलेक्ट्रिक स्कुटर सिरोन कन्सेप्टमा आधारित हुने पक्कापक्की जस्तै भएको छ ।

टिभीएसले ५ वर्षअघि सिरोन कन्सेप्टलाई देखाएको थियो । सो कन्सेप्टमा आधारीत भएर कम्पनीले विभिन्न मोडलका प्रिमियम स्कुटर ल्याउने घोषणा गरेका कारण पनि नयाँ स्कुटर सिरोन कन्सेप्टको एक हिस्सा वन्न लागेको आँकलन गरिएको हो । सो आँकलनलाई पुष्टि गर्ने गरी यसको लुक्स र डिजाइनमा केही समानता देखिएको छ ।

टिजरमा देखाइए अनसार सो नयाँ स्कुटरको हेडल्याम्प र फ्रन्ट फेन्डर सिरोन कन्सेप्टसंग मिल्दो छ । साथै सो नयाँ स्कुटरको लुक्स एकदमै स्पोर्टी र मोर्डन देखिएको छ । नयाँ स्ुकटरमा उपलब्ध हुने फिचर र पावरट्रेन एवं पर्फमेन्सका वारेमा विस्तृत जानकारी वाहिर नआएपनि सो स्कुटरमा १२ किलोवाटको मोटर जडान हुने आँकलन गरिएको छ ।

टीभीएसले हाल आईक्यूव नाममा इलेक्ट्रिक स्कुटर उत्पादन गरी बिक्री गर्दै आएको छ । यो स्कुटर हाल नेपाली बजारमा समेत उपलब्ध रहेको छ । नयाँ स्कुटर लन्च भएपछि यसले पनि नेपाली बजारमा प्रवेश पाउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

कति संख्यामा छन् नेपालमै बनेका यात्री मोटरसाइकल ?

कति संख्यामा छन् नेपालमै बनेका यात्री मोटरसाइकल ?

हाल विद्युतीय मोटरसाइकल ‘यात्री’ चर्चामा छ । नेपाली युवाहरुको समूहले...

इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

काठमाडौं– इकोविट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक ग्लोवल...

टेस्लालाई आच्छु आच्छु पार्दै यी चिनियाँ कार निर्माता कम्पनी

टेस्लालाई आच्छु आच्छु पार्दै यी चिनियाँ कार निर्माता कम्पनी

चिनियाँ कार निर्माता कम्पनीहरु विशेष गरी इलेक्ट्रिक भेइकल उत्पादनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...