१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

टीभीएसले छिट्टै आफ्नो लोकप्रिय स्कुट एनटर्कको १५० सीसी संस्करण लन्च गर्ने योजना बनाएको छ । मिडिया रिपोर्टका अनुसार, एनटर्क १५० यसै वर्षको फेस्टिभ सिजनमा लन्च हुने संभावना छ ।

नयाँ स्कुटरमा उपलब्ध हुने फिचरहरु हालसम्म सार्बजनिक नगरिएपनि यसमा स्पोर्टी डिजाइन हुनेछ र उन्नत सुविधाहरूले सुसज्जित हुनेछ । यामाहाको म्याक्सि स्कुटर एरोक्स १५५ संग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको यस स्कुटर पावर र पर्फमेन्समा समेत अब्बल हुने विश्वास लिइएको छ ।

उक्त नयाँ स्कुटरमा एलईडी लाइट, ब्लुटुथको साथ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र कम्तिमा सिंगल–च्यानल एबिएस हुने अपेक्षा गरिएको छ । स्पोर्टी स्टायललाई ठूला ह्विलहरुले अझै आकर्षक बनाउनेछ ।

टीभीएसले हालसम्म १५० सिसीको स्कुटर उत्पादन नगरेका कारण यसमा ब्रान्ड न्यू इन्जिन जडान हुने पक्कापक्कि जस्तै देखिएको छ । उक्त इन्जिन यामाहा एरोक्स १५५ जस्तै लिक्विड कुल्ड हुनेछ या ​​हिरो जुम १६० जस्तै एयर–कूल्डयुक्त हुनेछ भन्ने विषय पनि प्रष्ट भैसकेको छैन ।

सम्बन्धित समाचारहरू

प्रोटोन एक्स७० भर्चुअल लन्चमार्फत बुधबार सार्वजनिक हुँदै

प्रोटोन एक्स७० भर्चुअल लन्चमार्फत बुधबार सार्वजनिक हुँदै

काठमाडौं – जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको...

एन्टर्क ओनर्स ग्रुप ( एनओजी) को हेटौँडा च्याप्टर राइड सम्पन्न

एन्टर्क ओनर्स ग्रुप ( एनओजी) को हेटौँडा च्याप्टर राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

भोलिदेखी बिक्री सुरु हुँदै टीभीएस जुपिटरको नयाँ भर्सन, यस्तो छ विशेषता

भोलिदेखी बिक्री सुरु हुँदै टीभीएस जुपिटरको नयाँ भर्सन, यस्तो छ विशेषता

काठमाडौं – टीभीएस वाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...