टीभीएसको आधिकारिक सर्भिस सेन्टर अब टेकुमा

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको आधिकारिक सर्भिस सेन्टरको रुपमा टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघसँगै ‘पन्चकन्या अटोमोबाइल’ सञ्चालनमा आएको छ । गत घटस्थापना देखि सञ्चालनमा आएको उक्त सर्भिस सेन्टरमा अत्याधुनिक उपकरण सहितका विभिन्न सुविधा पाउन सकिन्छ ।

नेपाली बजारमा टीभीएस मोटरसाइकल तथा स्कुटरको बढ्दो बिक्रीका कारण सर्भिस सेन्टर विस्तार भइरहेको छ । दैनिक रुपमा एक सय भन्दा बढी मोटरसाइकल र स्कुटर सर्भिसिङ गर्न सकिने र कम्पनीको मापदण्ड अनुसार दक्ष जनशक्ति कार्यरत भएकाले ग्राहकले सन्तुष्टि लिन सक्ने सर्भिस सेन्टरका सञ्चालक बालकृष्ण पुरीले बताए । उनले भने, ‘अत्याधुनिक उपकरणको प्रयोग गरी मोटरसाइकल तथा स्कुटरमा गर्नुपर्ने आवश्यक सर्भिसिङ र अन्य सबै पक्षको पहिचान गरिन्छ । यहाँ ल्याएका कुनै पनि मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गरे पश्चात नयाँ मोटरसाइकल वा स्कुटर लिएको अनुभव राइडरहरुले गर्न सक्नु हुनेछ ।’

टीभीएसले प्रदान गरेको तालिममार्फत दक्षता प्राप्त गरेका मेकानिक्स र अन्य जनशक्ति यहाँ कार्यरत छन् । त्यसैगरी मर्मतका लागि आवश्यक पार्ट्सलगायतका धेरै सुविधा एकै स्थानमा उपलब्ध छ ।

टेकुको मुख्य सडकमा हुने भीडभाड भन्दा अलि भित्री भागमा सर्भिस सेन्टर भएमा मोटरसाइकल वा स्कुटर राइडरलाई सहज हुने भएकाले पनि सो स्थान सर्भिस सेन्टरका लागि छनोट गरिएको उनले बताए । मुख्य सडकदेखि करिव १५० मिटर भित्री भागमा भएकाले यो स्थान धेरैका लागि सहज हुन सक्ने छ ।

टीभीएसको सर्भिसिङ मापदण्ड अनुसार यहाँ आवश्यक उपकरणको प्रयोग गरिन्छ भने वासिङका लागि समेत विशेष व्यवस्था छ । त्यसैगरी टीभीएसका जेन्युइन स्पेयर पार्ट्स प्रयोग गरिने र विश्वसनिय सेवा प्रदान गरिने भएकाले ढुक्क भएर आफ्ना नयाँ वा पुराना मोटरसाइकल तथा स्कुटर सर्भिसिङका लागि पन्चकन्यालाई रोज्न सकिने पुरीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

तीन वर्षमै ५० हजार टीभीएस एनटर्क स्कुटर नेपाली सडकमा, एक रेकर्ड कायम

तीन वर्षमै ५० हजार टीभीएस एनटर्क स्कुटर नेपाली सडकमा, एक रेकर्ड कायम

नेपाली बजारमा भित्रिएको छोटो समयमै टीभीएस एनटर्क स्कुटरले फरक पहिचान कायम...

फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

टिभिएसले अपाचे आरटिआर १६० फोर भीको स्पेशन एडिसन लन्च गरेको छ ।...

टीभीएस सुपरमोटो आरटिएस–एक्स र भिजन आईक्यूव कन्सेप्ट सार्बजनिक

टीभीएस सुपरमोटो आरटिएस–एक्स र भिजन आईक्यूव कन्सेप्ट सार्बजनिक

भारत मोबिलिटी एक्सपो–२०२५ मा टीभीएसले दुई नयाँ बाइकको कन्सेप्ट सार्बजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...