ड्युअल डिस्क र सिंगल च्यानल एबीएस भेरिएन्टमा पनि आयो टीभीएस रेडर, मूल्य कति ?

टीभीएसले रेडर १२५ को ड्युअल डिस्क भेरिएन्ट लन्च गरेको छ । दुई ट्रिममा उपलब्ध यस नयाँ भेरिएन्टको मूल्य ९३ हजार ८०० र ९५ हजार ६०० भारु निर्धारण गरिएको छ ।

सो नयाँ भेरिएन्टमा टीभीएसले सेगमेन्टमै पहिलोपटक सिंगल च्यानल एबीएस समेत उपलब्ध गराइएको छ । बाइकमा ९०/९० सेक्सनको फ्रन्ट टायर र पछाडि ११०/८० सेक्सनको फराकिलो टायर जडान गरिएको छ । साथै, ग्रिप, कर्नरिङ क्षमता र ह्यान्डलिङ समेत बढेको कम्पनीले दाबी गरेको छ ।

नयाँ रेडरमा एकीकृत एलईडी डीआरएलएस सहितको एलईडी हेडल्याम्प राखिएको छ भने यसमा सेगमेन्ट फर्स्ट फिचरका रुपमा ’फलो–मी’ फंक्सन पाउन सकिन्छ । बाइकमा १७ इन्चको अलाेय ह्विल जडान गरिएको छ ।

भेरिएन्ट अनुसार, बाइकमा टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल र रिभर्स एलसीडी क्लस्टरको विकल्प पाउन सकिन्छ । त्यसैगरी, यसमा ब्लुटुथ कनेक्टिभिटी, भ्वाइस असिस्ट, टर्न–बाइ–टर्न नेभिगेसन, कल ह्यान्डलिङ र सूचनाहरू जस्ता सुविधा सामेल गरिएको स्मार्ट कनेक्ट फिचर समेत पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ ५ भिन्न भेरियन्टमा उपलब्ध टिभिएस १६० ४भी को मूल्य, पावर र फिचर्स

यस्तो छ ५ भिन्न भेरियन्टमा उपलब्ध टिभिएस १६० ४भी को मूल्य, पावर र फिचर्स

टिभिएसको अपाचे सिरिज बिशेषगरी युवा राइडरले बढी मात्रामा रुचाएको बाइक हो ।...

टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप...

भ्यालेन्टाइन डे : बाइक र स्कुटर किन्दा यस्तो छ छुटको व्यवस्था

भ्यालेन्टाइन डे : बाइक र स्कुटर किन्दा यस्तो छ छुटको व्यवस्था

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । प्रेमी प्रेमिकाहरुका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...