प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस : ल्यायो पहिलो मोडर्न रेट्रो बाइक रोनिन
टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...
टिभिएस रेडरले यो बर्षको इन्डियन मोटरसाइकल अफ दि इयर अवार्ड हात पारेको छ । रेडरले बजाज पल्सर एन २५० र एफ २५०, होन्डा सिबी २०० एक्स, यामाहा एफजेड–एक्स र रोयल इन्फिल्ड क्लासिकलाई पछि पार्दै उक्त उपाधी हात पारेको हो । सन् २०१७ मा टिभिएसका तर्फबाट आरटिआर २०० फोरभीले पहिलो पटक यस्तो उपाधी हात पारेको ५ बर्षपछि रेडरले यो बर्ष पनि उक्त उपाधी पाएको हो।
१२५ सिसी क्षमताको यो मोटरसाइकलमा थ्री भल्भ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११.२ बिएचपी रहेको छ । यो सेग्मेन्टमा टिभिएसले पहिलोपटक रेडरमा पछाडी समेत मानोसक एब्जर्बर दिएको छ । जसले रेडरलाई प्रतिस्पर्धीको तुलनामा पृथक देखाएको छ ।
यो सेग्मेन्टमा पहिलोपटक राइडिङ मोड उपलब्ध गराएको रेडरलाई इको र पावर मोडमा कुदाउन सकिन्छ । इको मोडमा कुदाउँदा १० प्रतिशतसम्मले इन्धन बचत हुने र हाइवेमा गति बढाउन पावर मोडलाई प्रयोग गर्न सकिने बिशेषता दिइएको छ । साथै रेडरमा रंगिन एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जहाँ स्मार्ट एक्स कनेक्टमार्फत भ्वाइस एसिस्ट र नेभिगेसन लगायत फिचर्स प्रयोग गर्न सकिन्छ ।
यो बाइकमा युएसबी चार्जर र सेग्मेन्टमै पहिलोपटक सिट मूनी सामान राख्न मिल्ने बिशेषता दिइएको छ । नेपाली बजारमा समेत लोकप्रिय बनिरहेको यो बाइकको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४...
चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...