टिभिएस रेडर बन्यो यो वर्षको ‘इन्डियन मोटरसाइकल अफ दि इयर’

टिभिएस रेडरले यो बर्षको इन्डियन मोटरसाइकल अफ दि इयर अवार्ड हात पारेको छ । रेडरले बजाज पल्सर एन २५० र एफ २५०, होन्डा सिबी २०० एक्स, यामाहा एफजेड–एक्स र रोयल इन्फिल्ड क्लासिकलाई पछि पार्दै उक्त उपाधी हात पारेको हो । सन् २०१७ मा टिभिएसका तर्फबाट आरटिआर २०० फोरभीले पहिलो पटक यस्तो उपाधी हात पारेको ५ बर्षपछि रेडरले यो बर्ष पनि उक्त उपाधी पाएको हो।

१२५ सिसी क्षमताको यो मोटरसाइकलमा थ्री भल्भ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११.२ बिएचपी रहेको छ । यो सेग्मेन्टमा टिभिएसले पहिलोपटक रेडरमा पछाडी समेत मानोसक एब्जर्बर दिएको छ । जसले रेडरलाई प्रतिस्पर्धीको तुलनामा पृथक देखाएको छ ।

यो सेग्मेन्टमा पहिलोपटक राइडिङ मोड उपलब्ध गराएको रेडरलाई इको र पावर मोडमा कुदाउन सकिन्छ । इको मोडमा कुदाउँदा १० प्रतिशतसम्मले इन्धन बचत हुने र हाइवेमा गति बढाउन पावर मोडलाई प्रयोग गर्न सकिने बिशेषता दिइएको छ । साथै रेडरमा रंगिन एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जहाँ स्मार्ट एक्स कनेक्टमार्फत भ्वाइस एसिस्ट र नेभिगेसन लगायत फिचर्स प्रयोग गर्न सकिन्छ ।

यो बाइकमा युएसबी चार्जर र सेग्मेन्टमै पहिलोपटक सिट मूनी सामान राख्न मिल्ने बिशेषता दिइएको छ । नेपाली बजारमा समेत लोकप्रिय बनिरहेको यो बाइकको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

२ लाख ३६ हजारमा आयो टीभीएस एनटर्कको नयाँ भेरिएन्ट

२ लाख ३६ हजारमा आयो टीभीएस एनटर्कको नयाँ भेरिएन्ट

काठमाडौं– टीभीएस स्कुटर र मोटरसाइकलको नेपालका लागि धिकारिक वितरक जगदम्बा...

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...