टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – टीभीएसले केही दिन पहिले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ मोटरसाइकल राइडर १२५ दसैं सम्म नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका अनुसार नेपाली ग्राहकलाई दसैं भित्रै यो मोटरसाइकल उपलब्ध गराउने तयारीका साथ कार्य भइरहेको छ ।

टीभीएसको यो नयाँ मोटरसाइकल धेरैले रुचाउने अनुमान गरिएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा नयाँ बाइकका साथ प्रवेश गरेको छ ।

स्पोर्टी स्टाइल मन पराउने ग्राहकलाई मध्यनजर गरी टीभीएसले यसमा फंकी हेडलाइट, मस्कुलर ट्यांकी, सार्प बेली प्यान र स्प्लिट सिट सेटअप राखेको छ । यसमा भएको एलईडी टेललाइट पनि युनिक छ ।

टीभीएस राइडरमा १२४.८ सीसीको थ्री भल्व, एयरकुल्ड इन्जिन छ, जसले ११.४ एचपी पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । उक्त फ्युल इन्जेक्टेड इन्जिनलाई फाइभ स्पिड गियरबक्सका साथ पेयर गरिएको छ । टीभीएसले यो बाइकले ६७ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ ।

यो बाइकमा टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन छ । अघिल्लो भागमा २४० एमएम डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएम ड्रम ब्रेक छ । बाइकमा १७ इन्चको अलोय ह्विल छ । यसमा १ हजार ३२६ एमएमको ह्विलबेस र ७८० एमएमको सिट हाइट छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकले ५.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

दायाँ हाततिर उपलब्ध हुने स्विच गियरबाट यसलाई इको र पावर मोडमा चलाउन सकिन्छ । त्यसैगरी पिलियन सिटमुनी स्टोरेज स्पेस समेत रहेको छ ।

भारतमा यो मोटरसाइकलको मूल्य ७७ हजार ५ सय भारु राखिएको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ५० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

क्याप्टेन अमेरिका संस्करणमा आयो टीभीएस एनटर्क, मूल्य कति ?

क्याप्टेन अमेरिका संस्करणमा आयो टीभीएस एनटर्क, मूल्य कति ?

टीभीएसले आफ्नो लोकप्रिय स्कुटर एनटर्क १२५ को नयाँ संस्करण लन्च गरेको छ ।...

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएसले आफ्नो एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युबको नयाँ भेरिएन्ट थपेको छ...

अपाचे आरटीआर १६० भी४ को स्पेशल एडिसन नेपाल आउँदै

अपाचे आरटीआर १६० भी४ को स्पेशल एडिसन नेपाल आउँदै

काठमाडौं– टीभीएस अपाचे आरटीआर १६० भी४ एफआईको स्पेशल एडिसन नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...