नेपालकै सोरुममा टीभीएसको मोटरसाइकल राइडर १२५, २ लाख ४८ हजार मूल्यका साथ लन्च हुँदै

काठमाडौं – भारतमा केही दिन पहिले मात्र लन्च गरिएको टीभीएसको नयाँ मोटरसाइकल राइडर १२५ नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना डिलरहरुमा यो मोटरसाइकल पठाउन सुरु गरिसकेको छ । केही सोरुममा यो मोटरसाइकल देखिन पनि थालेको छ ।

यो मोटरसाइकलको मूल्य नेपाली बजारमा २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिने गरी सोरुमहरुले बुकिङ लिन थालेका छन् । यद्यपि जगदम्बा मोटर्सले आधिकारिक रुपमा यसको वारेमा केही जानकारी दिएको छैन । सम्भवतः यही साता कम्पनीले औपचारिक रुपमा यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएको घोषणा गर्ने सम्भावना छ ।

यस्तो छ राइडर १२५

स्पोर्टी स्टाइल मन पराउने ग्राहकलाई मध्यनजर गरी टीभीएसले यसमा फंकी हेडलाइट, मस्कुलर ट्यांकी, सार्प बेली प्यान र स्प्लिट सिट सेटअप राखेको छ । यसमा भएको एलईडी टेललाइट पनि युनिक छ ।

टीभीएस राइडरमा १२४.८ सीसीको थ्री भल्व, एयरकुल्ड इन्जिन छ, जसले ११.४ एचपी पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । उक्त फ्युल इन्जेक्टेड इन्जिनलाई फाइभ स्पिड गियरबक्सका साथ पेयर गरिएको छ । टीभीएसले यो बाइकले ६७ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ ।

यो बाइकमा टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन छ । अघिल्लो भागमा २४० एमएम डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएम ड्रम ब्रेक छ । बाइकमा १७ इन्चको अलोय ह्विल छ । यसमा १ हजार ३२६ एमएमको ह्विलबेस र ७८० एमएमको सिट हाइट छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकले ५.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

दायाँ हाततिर उपलब्ध हुने स्विच गियरबाट यसलाई इको र पावर मोडमा चलाउन सकिन्छ । त्यसैगरी पिलियन सिटमुनी स्टोरेज स्पेस समेत रहेको छ ।

बाइकमा भएको फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर एक महत्वपूर्ण फिचर हो । यो सेगमेन्टको मोटरसाइकलमा हुनु पर्ने सबै आधारभूत फिचर यसमा छन् ।

सम्बन्धित समाचारहरू

टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकिङ...

टीभीएसको नयाँ स्किम : दुई वर्ष सम्म रोड ट्याक्स फ्रि

टीभीएसको नयाँ स्किम : दुई वर्ष सम्म रोड ट्याक्स फ्रि

काठमाडौं – टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा दुई वर्ष सम्म रोड...

टीभीएस बाइक तथा स्कुटर किन्दा ७ हजार छुट, ईएमआई ३,९९९ बाट सुरु

टीभीएस बाइक तथा स्कुटर किन्दा ७ हजार छुट, ईएमआई ३,९९९ बाट सुरु

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...