आयो इको र पावर मोडमा चलाउन मिल्ने टीभीएस राइडर १२५, पल्सर र साइनसँग प्रतिस्पर्धा हुने

टीभीएसले भारतीय बजारमा १२५ सीसीको स्पोर्टी कम्युटर बाइक राइडर १२५ लन्च गरेको छ । ७७ हजार ५ सय भारु मूल्य राखिएको यो बाइकको टीएफटी स्क्रिन–इक्विप्ड भेरिएन्टको मूल्य भने ८५ हजार ५ सय भारु राखिएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा नयाँ बाइकका साथ प्रवेश गरेको छ ।

स्पोर्टी स्टाइल मन पराउने ग्राहकलाई मध्यनजर गरी टीभीएसले यसमा फंकी हेडलाइट, मस्कुलर ट्यांकी, सार्प बेली प्यान र स्प्लिट सिट सेटअप राखेको छ । यसमा भएको एलईडी टेललाइट पनि युनिक छ ।

टीभीएस राइडरमा १२४.८ सीसीको थ्री भल्व, एयरकुल्ड इन्जिन छ, जसले ११.४ एचपी पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । उक्त फ्युल इन्जेक्टेड इन्जिनलाई फाइभ स्पिड गियरबक्सका साथ पेयर गरिएको छ । टीभीएसले यो बाइकले ६७ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ ।

यो बाइकमा टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन छ । अघिल्लो भागमा २४० एमएम डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएम ड्रम ब्रेक छ । बाइकमा १७ इन्चको अलोय ह्विल छ । यसमा १ हजार ३२६ एमएमको ह्विलबेस र ७८० एमएमको सिट हाइट छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकले ५.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

दायाँ हाततिर उपलब्ध हुने स्विच गियरबाट यसलाई इको र पावर मोडमा चलाउन सकिन्छ । त्यसैगरी पिलियन सिटमुनी स्टोरेज स्पेस समेत रहेको छ ।

बाइकमा भएको फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर एक महत्वपूर्ण फिचर हो । यो सेगमेन्टको मोटरसाइकलमा हुनु पर्ने सबै आधारभूत फिचर यसमा छन् । गियर पोजिसन इन्डिकेटर समेत रहेको यो बाइकमा अप्सनल टीएफटी स्क्रिन फिचरिङ ब्लुटुथ कनेक्टिभिटी समेत केही समय पश्चात उपलब्ध हुने कम्पनीले बताएको छ ।

टीभीएसले यो भन्दा पहिले बजारमा उपलब्ध गराएका भिक्टर जीएलएक्स १२५, फ्लेम र फोनिक्स पछि अब केही राम्रो बजार ल्याउने आशा गरिएको बाइक हो ।

बजारमा होन्डा सीबी साइन, साइन एसपी १२५, हिरो ग्ल्यामर, बजाज पल्सर १२५ र एनएस १२५ आदि बाइकसँग राइडर १२५ को प्रतिस्पर्धा हुनेछ । नेपाली बजारमा पनि यो बाइक केही समय पछि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

पसल सञ्चालकले एक बोरा सिक्काले किने एउटा स्कुटी

पसल सञ्चालकले एक बोरा सिक्काले किने एउटा स्कुटी

भारतको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी...

जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई टीभीएस एन्टर्क स्कुटर दिने

जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई टीभीएस एन्टर्क स्कुटर दिने

काठमाडौं – नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक...

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...