टीभीएसको पहिलो एड्भेन्चर बाइक ‘आरटीएक्स ३००’ नेपाली बजारमा
काठमाडौं–जगदम्बा मोटर्सले टीभीएसको पहिलो एड्भेन्चर टुरिङ मोटरसाइकल...
टीभीएस मोटर्स अन्तर्गतको प्रिमियम ब्रान्ड नोर्टन मोटरसाइकलले आफ्नो नयाँ एड्भेन्चर बाइक एटलस एड्भेन्चर भेरिएन्ट लन्च गर्ने तयारी गरेको छ। हालै परीक्षणका क्रममा देखिएको सो मोटरसाइकल आगामी जुन–जुलाईभित्र लन्च गर्ने अपेक्षा गरिएको छ।
परीक्षण मोडलमा फ्रन्ट १९ इन्च र रियर १७ इन्चका अलोय ह्विल जडान गरिएको देखिएको छ । सस्पेन्सन सिस्टममा फ्रन्टमा अपसाइड डाउन फोर्क सस्पेन्सन प्रयोग गरिएको छ भने अफरोड सडकका लागि ब्लक प्याटर्न टायर जडान गरिएको छ । यसले बाइकलाई अफरोड यात्राका लागि सक्षम बनाउने विश्वास गरिएको छ।
डिजाइनको हिसाबले नोर्टन एटलस पावरफुल र आकर्षक देखिन्छ । बाइकमा ठुलो फेयरिङ, अग्लो विन्डस्क्रिन, ड्युअल पोड हेडलाइट र मोडर्न एलइडी डे टाइम रनिङ लाइटले यसलाई एड्भेन्चर लुक दिएको छ ।
बाइकमा ५८५ सीसी क्षमताको प्यारालल ट्विन लिक्विड कुल्ड इन्जिन हुने अपेक्षा गरिएको छ । सो इन्जिनले करिब ६५ देखि ७० एचपीको पावर उत्पादन गर्नेछ। इन्जिनलाई ६ स्पिड गियरबक्ससँग जोडिनेछ । एटलस एड्भेन्चर बाइकमा ८ इन्चको ठुलो टीएफटी स्क्रिन जडान हुनेछ, जसलाई मोबाइल फोनसँग जडान गर्न सकिनेछ। सुरक्षाका लागि क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल तथा विभिन्न राइडिङ मोड जस्ता सुविधा उपलब्ध हुनेछ ।
परीक्षणका क्रममा देखिएको बाइकमा एडजस्टेबल सस्पेन्सन र ह्यान्ड गार्ड जस्ता केही महँगा सुविधा समावेश नभएको देखिएको छ। यसबाट कम्पनीले भारतीय बजारका लागि प्रतिस्पर्धी र किफायती मूल्य निर्धारण गर्ने संकेत गरेको अनुमान गरिएको छ।
नोर्टन एटलस एडभेन्चर बाइकको औपचारिक घोषणा र मूल्य विवरण सार्वजनिक भएपछि भारतीय एड्भेन्चर सेग्मेन्टमा प्रतिस्पर्धा अझ तीव्र हुने अनुमान गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...