१५८ किलोमिटर रेन्ज दिने टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्तो छ विशेषता

काठमाडौं–टीभीएस मोटर कम्पनीले नेपाली बजारमा आफ्नो बहुप्रतीक्षित विद्युतीय स्कुटर अर्बिटर आधिकारिक रूपमा सार्वजनिक गरेको छ । टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत यो स्कुटर बिक्री सुरु गरिएको हो । यस नयाँ स्कुटरको मुल्य २ लाख ८१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

दैनिक सहरी यात्रालाई अझ सहज, दिगो र प्रविधियुक्त बनाउने उद्देश्यका साथ ल्याइएको अर्बिटरले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ ।

३.१ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको यस स्कुटरले सिंगल चार्जमा १५८ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । अर्बिटरमा टीभीएसले सवारीको स्थिरता र खराब सडकमा पनि उत्कृष्ट राइड कम्फर्टका लागि यस सेग्मेन्टमै पहिलो पटक १४ इन्चको फ्रन्ट ह्विल उपलब्ध गराएको छ ।

स्कुटरमा दुईवटा हेल्मेट सहजै अट्ने ३४ लिटरको अन्डर–सिट बुट स्पेस रहेको छ । चालक र पछाडि बस्ने यात्रुको आरामका लागि ८४५ मिमी लामो सिट र २९० मिमीको फराकिलो फुटबोर्ड उपलब्ध छ भने नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै यसमा १६९ मिमीको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

स्मार्ट राइडिङ अनुभवका लागि टीभीएस अर्बिटरमा विभिन्न आधुनिक डिजिटल फिचरहरू समावेश गरिएका छन् । यसमा रिजेनेरेटिभ ब्रेकिङ सहितको इको र पावर मोड, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र पार्किङ असिस्ट उपलब्ध छ ।

स्कुटरमा इनकमिङ कल, एसएमएस, टर्न–बाइ–टर्न नेभिगेसन र व्यक्तिगत अलर्ट डिस्प्ले हुने कलर टीएफटी डिजिटल क्लस्टर राखिएको छ । सुरक्षाका लागि जियो–फेन्सिङ, टाइम–फेन्सिङ, लाइभ लोकेसन ट्रयाकिङ, चोरी तथा टोइङ अलर्ट र आपतकालीन दुर्घटना तथा स्कुटर ढलेको सजग गराउने प्रणाली समावेश गरिएको छ । मोबाइल एपमार्फत ब्याट्री चार्जको स्थिति, ओडोमिटर जाँच र ओभर–द–एयर सफ्टवेयर अपडेटको सुविधा पनि प्राप्त हुनेछ ।

नयाँ स्कुटर सार्बजनिक समारोहमा बोल्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपालमा टीभीएस अर्बिटरको आगमन दिगो मोबिलिटीलाई अपनाइरहेका बजारहरूमा ईभी इकोसिस्टम विस्तार गर्ने आफूहरूको यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए । त्यस्तै, शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस आएक्यूवको सफलतापछि अर्बिटरले नेपाली ईभी बजारमा कम्पनीको पकड अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...