विशेष कार्यक्रमका बीच लन्च भयो सुपर हिरोद्वारा प्रेरित टीभीएस एनटर्क १२५ सुपर स्क्वाड

काठमाडौं – टीभीएसले आज मार्भल्स अभेन्जर्सबाट प्रेरित टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । सिभिल मलमा एक विशेष कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो ।

कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टीभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।

टीभीएस एनटर्क स्कुटरको ब्रान्ड एम्बेसडर कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्काले सो स्कुटर लन्च गरेका थिए भने स्वप्न सुमनले म्युजिकल पर्फमेन्स गरेका थिए ।  

सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लुमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइनमार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।

सो अवसरमा बोल्दै टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले टीभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिङ प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीका कारण आकर्षण गरिरहेको बताए । उनले मार्भल युनिभर्सप्रति एक मजबुत आकर्षण भएका नयाँ जेनेरेसनका ग्राहकहरुका लागि उनीहरुको खुसीलाई अझै बढाउने सुपर स्क्वाड संस्करण ल्याएको बताए ।

सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड र स्पिडोमिटर मुनि राखिएको छ ।

स्टिल्थ ब्ल्याक
ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रबको साथ जेट ब्ल्याक रंगमा आउँछ। डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सुटका तत्वहरू छन् । सदावहार सिग्नेचर सलुट र उक्त क्यारेक्टरको मार्भल युनिभर्समा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि यसमा समावेश गरिएको छ ।

इन्भिन्सिबल रेड
आइरन म्यानबाट प्रेरित भएर यस डेकल्सले उसको रेड र गोल्ड सुट झल्काउदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ र आर्क रिएक्टर दुबै प्यानलमा छ । दुबै प्यानलहरूमा एक्सएक्सआईएक्स एन्क्रिप्सन मार्क गरिएको छ जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९औं सुट साथै उक्त क्यारेक्टरको मार्भल यूनिभर्समा शुरुवात भएको वर्षलाई दर्साउने नम्बर ६३ (१९६३) रहेको छ ।

कम्ब्याट ब्लु
क्याप्टेन अमेरिकाबाट प्रेरित स्कुटरले पहिलो एभेन्जरसँग सम्बन्धित निलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहदैं, यसमा नम्बर ४१ (१९४१०) रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्समा शुरुवात भएको वर्षलाई जनाउने नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ ।

सुपरस्क्वाड संस्करणको टीभीएस कनेक्ट एप स्मार्टएक्सनेक्टद्वारा संचालित छ र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टमाइज्ड युजर इन्टरफेस (यूआई) को साथ आउँछ । एप सम्बन्धित पात्रहरूको सिल्हुटसँग खुल्छ र त्यसपछि क्याप्टेन अमेरिकाको शिल्ड, आइरन म्यानको सुट र ब्ल्याक प्यान्थरको आँखाको साथ क्यारेक्टर क्रिष्टको साथ महत्वपूर्ण तत्वहरू एप इन्टरफेसमा एकरूप छन् । प्रत्येक एप स्क्रिन सुपर हिरो को एक अद्वितीय चरित्र विशेषतासँग चयन गरिएको छ, जसले यसलाई एक पूर्ण मार्भल अनुभव दिन्छ ।

टीभीएसको यो स्कुटरको मूल्य पहिले नै घोषणा गरिएको छ । यसको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...