मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
चितवन – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने...
भारतको दिल्लीबाट नेपालको यात्रा अब थप सजिलो बनेको छ। वर्षौंदेखिको लामो यात्रा, ट्राफिक जाम र घन्टौँको ढिलाइ अब यात्रुहरूले भोग्नुपर्ने छैन।
भारतले महत्वकांक्षी गोरखपुर-सुनौली हाइवेको काम लगभग पूरा गरेको छ। यो नयाँ चार लेन सडकले उत्तर प्रदेशको तथा बिहारमा रहेकाहरूको नेपाल यात्रालाई पुरै परिवर्तन गर्नेछ।
उत्तर प्रदेशको महराजगंज जिल्लामा रहेको सुनौली बोर्डर भारत तथा नेपालको सर्वाधिक व्यस्त क्रस बोर्डर ट्रान्जिट बिन्दुमध्ये एक मानिन्छ। यो नाकाबाट हरेक दिन हजारौँ पर्यटक तीर्थयात्री, व्यापारी तथा मालवाहक सवारीसाधनको आवतजावत हुन्छ।
यसअघि दुई लेन मात्र सडक हुँदा लगातार जाम हुने गर्थ्यो। ७९.५ किलोमिटर लामो यो नयाँ हाइवेले अब यो समस्याको स्थायी समाधान दिएको छ। अब यसले दुई देशबीचको व्यापारिक, पर्यटन र धार्मिक यात्रामा पनि सहज हुने जनाइएको छ।
यो एक्सप्रेस वे एउटा सधारण सडक मात्र नभएर आधुनिक इन्जियनिरिङको नमुनाका रुपमा विकास गरेको भारतीय पक्षको भनाइ छ। यो करिडोरमा कयौँ ओभरब्रिज, फ्लाइ-ओभर, अन्डरपास तथा छोटा पुलहरू निर्माण गरिएका छन्।
यातायातको नियन्त्रणका लागि राजमार्गमा स्मार्ट तरिका अपनाइने छ। यात्रुको सुरक्षाका लागि हरेक महत्वपूर्ण स्थानहरूमा सिसिटिभी क्यामेरा तथा इमर्जेन्सी कल बक्स तथा इलेक्ट्रोनिक डिस्प्ले साइनबोर्डहरू राखिएको छ। साथै यो सडक भविष्यमा सहज रुपमा ६ लेनमा परिणत गर्ने गरी डिजाइन गरिएको छ।
अब दिल्ली-एनसिआर, नोएडा, गाजियाबाद, लखनउ र बिहारका लागि यो रुट निकै सटिक सावित हुनेछ। पहिले दिल्लीबाट नेपालको सीमानासम्म आइपुग्न लामो समय लाग्ने गरेको थियो। अब यो दूरी केबल ८ घन्टामा पूरा हुने जनाइएको छ।
अब यो मार्गले दुई देशबीचको साँस्कृतिक र आर्थिक सम्बन्ध बढ्ने भारतीय पक्षले विश्वास लिएको छ। यो सुरुवात हुनासाथ धार्मिक र क्षेत्रीय व्यापारमा ठूलो प्रगति हुने विश्वास लिइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...