सुजुकीले परीक्षण गर्दै नयाँ सानो इलेक्ट्रिक कार स्काई भिजन, अर्को वर्ष लन्च हुने सम्भावना
सुजुकीले इलेक्ट्रिक सेगमेन्टमा सानो नयाँ मोडल स्काई भिजन विकास गरिरहेको...
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम विद्युतीय स्कुटर भित्रिने भएको छ । विशाल इन्टरप्राइजेजले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ’रिभर इन्डी’ सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले यस स्कुटरलाई ३ लाख ७० हजार रुपैयाँमा लन्च गर्ने जनाएको छ ।
यी स्कुटरलाई कम्पनीले काठमाडौंका विभिन्न सडकहरूमा, विशेष गरी ह्वाइट गुम्बा क्षेत्रको कठिन उकालो खण्डमा परीक्षण गरिसकेको छ । औपचारिक लन्च अगावै स्थानीय सडक तथा भौगोलिक अवस्था अनुसार स्कुटरको क्षमता र कार्यक्षमता परीक्षण गर्ने कम्पनीको प्रयासलाई सकारात्मक मानिएको छ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र गतिमा बढिरहेको र ग्राहकले उत्कृष्ट कार्यक्षमता, व्यावहारिक उपयोगिता र मजवुत स्कुटर खोजिरहेको अवस्थामा यो स्कुटर बजारमा आउन लागेको हो ।
स्कुटरको एसयूभीका रूपमा परिचित रिभर इन्डीमा ४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेपछि १६० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ भने यसलाई ९० किलोमिटर प्रति घन्टको उच्च गतिमा हाँक्न सकिन्छ । साथै, स्कुटरमा १८–डिग्री ग्रेडिबिलिटी क्षमता, १७७ मिमीको उच्च ग्राउन्ड क्लियरेन्स, १४–इन्चका आकर्षक ह्विल, ५५ लिटरको विशाल लक गर्न मिल्ने स्टोरेज कम्पार्टमेन्ट, चालकका लागि विशेष फुटपेग र ८ वर्षसम्मको लामो वारेन्टी जस्ता विशेषताहरू पाउन सकिन्छ ।
भारतको बेंगलुरुस्थित विद्युतीय सवारी साधन निर्माता कम्पनी रिभरद्वारा निर्मित यस स्कुटरले अन्तर्राष्ट्रिय स्तरमा समेत ठूलो सफलता हासिल गरेको छ । रिभर इन्डीले प्रतिष्ठित ‘रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४’ र ’रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५’ दुवै प्राप्त गरिसकेको छ ।
कम्पनीका अनुसार, यी दुवै अवार्ड जित्ने यो एकमात्र भारतीय दुई–पांग्रे सवारी साधन हो, जसले यसको उत्कृष्ट डिजाइन र इन्जिनियरिङ नवीनतालाई विश्वव्यापी रूपमा प्रमाणित गरेको छ ।
एक्स्पोमा आउने अवलोकनकर्ताले विशाल इन्टरप्राइजेज नेपालको पेभिलियनमा पुगेर रिभर इन्डीलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...