टीभीएस एनटर्क स्कुटर अब मासिक न्यूनतम ५२३४ रुपैयाँ किस्तामा लिन सकिने

काठमाडौं – नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने दावी गरिएको टीभीएसको एनटर्क स्कुटर अब मासिक न्यूनतम ५ हजार २३४ रुपैयाँ किस्ता तिरेर किन्न सकिने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै सो स्किम सार्वजनिक गरेको हो ।

नेपाली बजारमा टीभीएस एनटर्क ड्रम, डिस्क र रेस एडिसनमा उपलब्ध छ । ड्रम र डिस्क भेरिएन्टको मूल्य क्रमशः २ लाख १५ हजार ९ सय र २ लाख ४० हजार ९ सय रुपैयाँ छ भने रेस एडिसनको मूल्य २ लाख ५८ हजार ९ सय र रेस एडिसन एफआईको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ छ ।

हालै नेपाली बजारमा टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनमा समेत उपलब्ध भएको छ । यसको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

स्कुटर किन्दा शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्ट बुझाउनु पर्ने र बाँकी रकम १८ महिना सम्म किस्ताबन्दीमा बुझाउन सकिन्छ । सो अवधिमा कुनै पनि ब्याज नलाग्ने अर्थात शून्य प्रतिशत ब्याजको स्किम कम्पनीले उपलब्ध गराएको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...