एफआई इन्जिनसहितको टीभीएस एनटर्क रेस एडिसन आयो नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – टीभीएसको लोकप्रिय स्कुटर एनटर्कको रेस एडिसन अब एफआई इन्जिनसहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै सो स्कुटर समेत नेपाली बजारमा उपलब्ध भएको बताएको छ ।

एफआई इन्जिन सहितको रेस एडिसनको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा हाल एनटर्कको सामान्य रेस एडिसनको मूल्य २ लाख ५८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

विशेषतः युवा राइडरलाई लक्षित गरि डिजाइन गरिएको यो स्कुटर टीभीएस रेसिङ प्लेटफर्ममा आधारित छ । स्कुटरमा १ सय २५ सीसी क्षमताको थ्री भल्व इन्जिन जडान गरिएको छ । जसले उच्चतम पावर तथा टर्क दिई यात्रामा सहजता दिलाउँछ । यसले ७ हजार ५ सय आरपीएममा ९ दशमलव ४ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १० दशमलव ५ एनएम टर्क उत्पादन गर्छ । यो स्कुटरले टीभीएस बाइककै झल्को दिने स्मुथ आवाज निकाल्छ ।

स्कुटरमा यात्रा गर्दा थकानको महसुस हुँदैन । यसमा १ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स छ  । जुन यो सेग्मेन्टमै उत्कृष्ट हो । उच्च ग्राउन्ड क्लियरेन्सका कारण खाल्डाखुल्डी तथा अप्ठ्यारा बाटोमा सजिलै चलाउन सकिन्छ । स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । टीभीएस रेसिङ पेडिग्रीका कारण यसले उच्च प्रदर्शन गर्ने क्षमता राख्छ  ।

फ्युल इन्जेक्सन अर्थात एफआई एक प्रकारको प्रविधि हो जहाँ इन्टेक च्याम्बरको सिलिन्डरमा फ्युल अर्थात इन्धन सिधा आपूर्ति गरिन्छ । त्यस्ता इन्जिनहरुमा अवस्थित सेन्सरहरुले इन्जेक्ट गरिएको फ्युलको बहाव नियन्त्रित गर्छ र उचित तहसम्म यसलाई कायम गर्छ ।

जबसम्म यी सेन्सरहरु (सामान्यतया इलेक्ट्रोनिक) राम्रोसँग काम गरिरहेका हुन्छ तबसम्म ब्रेकडाउन हुने सम्भावना अत्यन्त कम हुन्छ । फ्युल इन्जेक्सन सिस्टम विभिन्न प्रकारको हुन्छ जस्तै थ्रोटल बडी फ्युल इजेक्सन सिस्टम र सिंगल प्वाइन्ट फ्युल इजेक्सन सिस्टम ।

थ्रोटल बडी सिस्टमले थ्रोटल बडीमा अवस्थित इन्टेक च्याम्बरमा फ्युल आपूर्ति गर्छ भने सिंगल प्वाइन्ट सिस्टमले सिंगल इन्जेक्टरबाट फ्युल आपूर्ति गर्छ ।

जुनसुकै फ्युल इन्जेक्सनको प्रयोग गरेता पनि तिनीहरुले सामान्यतया ड्राइभ गर्दा सहजता प्रदान गर्छ । फ्युल इजेक्सन सिस्टमले फ्युलमा पनि सुधार गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...