टीभीएस एनटर्क रेस एडिसन बेटर देन एफआई आइतबार सार्वजनिक हुने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एडिसन स्कुटरको नयाँ भर्सन आइतबार नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बेस्ट इन क्लास : पिकअप, पावर, पर्फमेन्स, बेटर देन एफआई नाराका साथ उक्त स्कुटर सार्वजनिक गर्न लागेको छ ।

जगदम्बा मोटर्सको अफिसियल फेसबुक पेजबाट आइतबार साँझ ५ बजे उक्त स्कुटर सार्वजनिक गरिने छ । पहिलो पटक सन् २०१८ फेब्रुअरीमा नेपालमा लन्च गरिएको टीभीएस एनटर्क स्कुटरमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पिडोमिटर छ । यसमार्फत नेभिगेसन असिस्टेन्ट, कलर आईडी, स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको जस्ता फिचर प्रयोग गर्न सकिन्छ । इन्जिन किल स्विच, स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ आदि जस्ता फिचर भएको यो नेपालकै पहिलो स्कुटर भएको कम्पनीले दावी गरेको छ ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५ लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कुटरको रूपमा सुरू गरिएको थियो र यसलाई कम्पनीले नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कुटरको रूपमा बजारमा स्थापित गर्न सक्षम भएको छ । एक वर्ष पछि सन् २०१९ मा यो नेपालको सबै भन्दा छिटो बजार वृद्धि गर्ने स्कुटरको रुपमा परिचित हुन सफल भएको छ । सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटरको रुपमा स्थापित भएको छ ।

टीभीएसले बजारमा ल्याउन लागेको नयाँ स्कुटर र यसको फिचरका जानकारी थाहा पाउनका लागि सोही दिन पर्खिनु पर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...