टीभीएसका मोटरसाइकलमा ५ हजार र स्कुटरमा ४ हजार सम्म भयो मूल्य वृद्धि

काठमाडौं – नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा बिक्री हुने केही बाइक तथा स्कुटरको मूल्य वृद्धि गरेको छ ।

नयाँ मूल्य सूची अनुसार मोटरसाइकलमा ५ हजार र स्कुटरमा ४ हजारसम्म मूल्य वृद्धि भएको छ । गत साउन १ देखि नै लागू हुने गरी मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि गरिएको हो ।

नयाँ मूल्य सूची अनुसार अपाचे आरटीआर २०० फोरभी एबीएसको मूल्य ३ लाख ५५ हजार ९ सय र आरटीआर १६० फोरभी आरडी एबीएस स्मार्ट कनेक्टको ३ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ । यी दुवै बाइकको मूल्यमा ५ हजार रुपैयाँ वृद्धि भएको हो ।

त्यसैगरी टीभएस स्ट्राइकर रिफ्रेसमा ४ हजार, अपाचे आरटीआर १६० टुभी एफडीमा २ हजार र अपाचे १६० फोरभी एफडी रिफ्रेस स्मार्ट कनेक्टको मूल्यमा १ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी बाइकको मूल्य क्रमशः २ लाख ८ हजार ९ सय, २ लाख ६९ हजार ९ सय र २ लाख ८७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

स्कुटरमा टीभीएस एनटर्क ड्रमको मूल्यमा ३ हजार र एनटर्क डिस्क रेस एडिसन, सुपर स्क्वाड र डिस्कको मूल्यमा ४ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी स्कुटरको मूल्य क्रमशः २ लाख २१ हजार ९ सय, २ लाख ६५ हजार ९ सय, २ लाख ७० हजार ९ सय र २ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

हाल नेपाली बजारमा उपलब्ध टीभीएसका सबै बाइक तथा स्कुटरको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टीभीएस अपाचे आरटीआर २०० फोरभी  नेपालमा आयो अब बीएस ६ इन्जिनमा

टीभीएस अपाचे आरटीआर २०० फोरभी नेपालमा आयो अब बीएस ६ इन्जिनमा

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले आज...

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...