फर्केर हेर्दा वर्ष २०८० : तीन ठूला ब्रान्डले थाले स्वदशमै बाइक एसेम्वलिङ
वर्ष २०८० सकिएको छ र नयाँ वर्ष २०८१ को आगमन भएको छ । चरम आर्थिक मन्दिका कारण...
काठमाडौं – नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा बिक्री हुने केही बाइक तथा स्कुटरको मूल्य वृद्धि गरेको छ ।
नयाँ मूल्य सूची अनुसार मोटरसाइकलमा ५ हजार र स्कुटरमा ४ हजारसम्म मूल्य वृद्धि भएको छ । गत साउन १ देखि नै लागू हुने गरी मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि गरिएको हो ।
नयाँ मूल्य सूची अनुसार अपाचे आरटीआर २०० फोरभी एबीएसको मूल्य ३ लाख ५५ हजार ९ सय र आरटीआर १६० फोरभी आरडी एबीएस स्मार्ट कनेक्टको ३ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ । यी दुवै बाइकको मूल्यमा ५ हजार रुपैयाँ वृद्धि भएको हो ।
त्यसैगरी टीभएस स्ट्राइकर रिफ्रेसमा ४ हजार, अपाचे आरटीआर १६० टुभी एफडीमा २ हजार र अपाचे १६० फोरभी एफडी रिफ्रेस स्मार्ट कनेक्टको मूल्यमा १ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी बाइकको मूल्य क्रमशः २ लाख ८ हजार ९ सय, २ लाख ६९ हजार ९ सय र २ लाख ८७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
स्कुटरमा टीभीएस एनटर्क ड्रमको मूल्यमा ३ हजार र एनटर्क डिस्क रेस एडिसन, सुपर स्क्वाड र डिस्कको मूल्यमा ४ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी स्कुटरको मूल्य क्रमशः २ लाख २१ हजार ९ सय, २ लाख ६५ हजार ९ सय, २ लाख ७० हजार ९ सय र २ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
हाल नेपाली बजारमा उपलब्ध टीभीएसका सबै बाइक तथा स्कुटरको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
वर्ष २०८० सकिएको छ र नयाँ वर्ष २०८१ को आगमन भएको छ । चरम आर्थिक मन्दिका कारण...
काठमाडौँ – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्वपूर्ण सफलता हासिल गर्दै बर्षा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...