टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१

टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१ भारतीय बजारमा पेश गरेको छ । कम्पनीले ब्याट्री एज ए सर्भिससहित सो स्कुटर बजारमा ल्याएको हो ।

उक्त योजनाअन्तर्गत स्कुटरको प्रारम्भिक मूल्य ४९ हजार ९९९ भारु तोकिएको छ भने ग्राहकले ब्याट्री प्रयोगका लागि मासिक ८६२ भारुदेखि सदस्यता शुल्क तिर्नुपर्नेछ। टीभीएसको लाइनअपमा अर्बिटर भी१ सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । सो स्कुटर १.८ किलोवाट आवर क्षमताको ब्याट्रीले सुसज्जित छ, जसले एक पटकको चार्जमा ८६ किलोमिटरसम्म दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ ।

भारतीय बजारमा इलेक्ट्रिक टु ह्विल सवारी साधनको स्वामित्वलाई सहज बनाउन ब्याट्री एज ए सर्भिस सदस्यता योजनाको प्रयोग सुरु भएको हो । टीभीएस मोटरले पनि आफ्नो इलेक्ट्रिक सवारी साधन पोर्टफोलियोमा ब्याट्री एज ए सर्भिस सेवा थपेको छ। यस व्यवस्थाअनुसार ग्राहकहरूले ब्याट्रीको पूर्ण मूल्य एकैपटक तिर्नुपर्ने बाध्यता हुँदैन, बरु आफ्नो मासिक यात्राको दूरीअनुसार सदस्यता योजना रोज्न सक्नेछन् । कम्पनीका अनुसार मासिक ८६२ भारुबाट सुरु हुने यस भुक्तानी योजनामा ५ वर्ष वा ७० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पनि उपलब्ध हुनेछ।

टीभीएसले अर्बिटर मोडलमा १.८ किलोवाट आवर ब्याट्री भएको भी१ भेरिएन्ट र ३.१ किलोवाट आवर ब्याट्री भएको भी२ भेरिएन्ट उपलब्ध गराएको छ । अर्बिटर भी१ ले एक पटक चार्ज गर्दा ८६ किलोमिटरसम्मको दूरी प्रदान गर्छ भने यसको ब्याट्री करिब २ घण्टा २० मिनेटमै शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै ३.१ किलोवाट आवर ब्याट्री भएको अर्बिटर भी२ भेरिएन्टको मूल्य १ लाख ४ हजार ९०० भारु तोकिएको छ र यसले एक पटक चार्ज गर्दा १५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ अर्बिटर इलेक्ट्रिक स्कुटरमा ८४५ एमएमको लामो फ्ल्याट सिट, २९० एमएमको फ्ल्याट फुटबोर्ड, चौडा र उचाइमा राखिएको ह्यान्डलबार तथा ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज उपलब्ध छ। फ्रन्टमा भाइजररसहितको एलईडी हेडल्याम्प जडान गरिएको छ। साथै कनेक्टेड मोबाइल एप, इनकमिङ कल देखाउने रङ्गीन एलसीडी डिस्प्ले, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल तथा पार्किङ असिस्ट जस्ता फिचर समावेश गरिएको छ। टीभीएस अर्बिटरमा ओभर द एयर अपडेट सुविधा, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम तथा इको र पावर गरी २ वटा राइडिङ मोड पनि उपलब्ध गराइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...