सुपर स्क्वाड एडिसनमा आयो टीभीएस रेडर, यस्तो छ मूल्य र विशेषता

टीभीएसले रेडर १२५ को सुपर स्क्वाड एडिसन लन्च गरेको छ । यसअघि एनटर्ककलाई समेत यहि एडिसनमा उतारेको कम्पनीले रेडर सुपर स्क्वाड एडिसनमा लोकप्रिय मार्वल पात्रहरुबाट प्रेरित दुई कलर स्किम दिएको छ ।

नयाँ बाइक डेडपूल र वोल्भरिनको हल्का नीलो र कालो इलिमेन्टबाट प्रेरित कालो र रातो कलर स्किममा ​​उपलब्ध छ, जसको मूल्य ९९ हजार ४६५ भारु निर्धारण गरिएको छ ।

पावरट्रेन र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन । नयाँ एडिसनमा पनि टीभीएसले उहि पुरानै १२४.८ सिसी सिंगल–सिलिन्डर इन्जिन उपलब्ध गराएको छ, जसले ११.२२ बिएचपी पावर र ११.३ एनएम टर्क जेनेरेट गर्दछ । यस बाइकको इन्जिन ५–स्पीड गियरबक्ससँग जोडिएको छ ।

बाइकमा टीभएस्कको आईगो असिस्ट सिस्टम र एकीकृत स्टार्टर जेनेरेटर (आईएसजी) उपलब्ध गराइएको छ, जसले पावर मोडमा ११.७५ एनएम को टर्क बूस्ट प्रदान गर्दछ ।

बाइकको अगाडी टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक सस्पेन्सन जडान गरिएको छ भने अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक राखिएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएसले एनटर्कको नयाँ भेरिएन्ट लन्च गर्ने

टीभीएसले एनटर्कको नयाँ भेरिएन्ट लन्च गर्ने

टीभीएसले चाँडै नै आफ्नो लोकप्रिय एनटर्क १२५ स्पोर्टी स्कुटरको नयाँ...

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...

नायक प्रदीप खड्काले लमहीमा सार्वजनिक गरे टीभीएस एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर

नायक प्रदीप खड्काले लमहीमा सार्वजनिक गरे टीभीएस एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर

काठमाडौं – कलाकार तथा नेपालका लागि टीभीएस एनटर्क स्कुटरका ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...