मोटरसाइकल र स्कुटर किन्दा ब्याज नलाग्ने टीभीएसको नयाँ वर्ष अफर
काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक...
टीभीएस मोटर कम्पनीले भारतमा बिहीबार बहुप्रतीक्षित स्कुटर टीभीएस जुपिटर १२५ लन्च गरेको छ । कम्पनीका अनुसार यो १२५ सीसी स्कुटर टीभीएस जुपिटर पोर्टफोलियोमा शानदार उत्पादन रहेको र यसमा अधिक भन्दा अधिक फिचर समावेश गरिएको छ ।
सो स्कूटरमा पहिले भन्दा स्पेस रहेको छ । जसमा अन्डर सिट स्टोरेज, सेगमेन्ट लिडिङमा लामो सिट, प्रोग्रेसिभ नियो म्यास्कुलिन स्टाइल र बेजोड माइलेज उपलब्ध रहेको छ । यसमा ७९० एमएम लामो सिट रहेको छ, जुन सबैभन्दा धेरै हो । त्यसैगरी ३३ लिटरको अन्डरसिट स्टोरेज छ ।
लुक र स्टाइल
टीभीएस जुपिटर १२५ प्रोग्रेसिभ नियो म्यास्कुलिन स्टाइलमा उपलब्ध रहेको छ । स्कुटरमा स्टाइलिस एलईडी हेडल्याम्प र सिग्नेचर फ्रन्ट लाइट गाइडको साथमा ग्र्याब रेल रिफ्लेक्टरको साथमा एलिगेन्ट टेलल्याम्प समावेश गरेको छ । टीभीएस १२५ मा थ्रीडी एम्बलम र प्रिमियम पेन्टेड इनर प्यानल समावेश गरेको छ । डिस्क भेरिएन्ट डायमन्ड कट कलोय ह्वीलको साथमा उपलब्ध रहेको छ ।
फिचर
जुपिटर १२५ को फ्रन्टमा एक्सटर्नल फ्यल फिलर, फ्रन्ट मोबाइल चार्जर, एभरेज र रियल टाइम माइलेज इन्डिकेटरको साथमा सेमी डिजिटल स्पिडोमिटर, साइड स्ट्यान्ड इन्डिकेटर र इन्जिन इनहिबिटर, बडी ब्यालेन्स टेक्नोलोजी, लेग स्पेस, ईटीएफआई र इन्टेलिगो टेक्नोलोजी, अलोय ह्वील, डिस्क ब्रेक र यूएसबी सकेट जस्ता फिचर समावेश गरिएको छ ।
इन्जिन र पावर
टीभीएस जुपिटर १२५ स्कुटरमा हाई परफर्मेन्स र बढी माइलेजको साथमा पावरफुल सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर कुल्ड अल न्यु १२४.८ सीसी इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ६५०० आरपीएममा ६ किलोवाटको अधिकतम पावर र ४५०० आरपीएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ । यस इन्जिनको साथमा सीभीटी गियरबक्स दिइएको छ ।
सस्पेन्शन र परफर्मेन्स
सो एसयूभीमा सेमी डिजिटल स्पिडोमिटर समावेश गरिएको छ । जसले स्मार्ट अलर्ट, एभरेज र रियल टाइम माइलेजको जानकारी दिन्छ । टीभीएस जुपिटर १२५ मा राइडिङ एक्सपेरियन्सको लागि बडी ब्यालेन्स टेक्नोलोजी उपलब्ध रहेको छ । डायनामिक कम्फर्ट र ह्यान्डलिङको लागि मोनोट्यूब केनिस्टर ग्याँस चार्ज सक्सको साथमा फ्रन्ट टेलिस्कोपिक सस्पेन्शन र ३ स्टेप एडजस्टेबल रियर सक उपलब्ध रहेको छ ।
कलर र मूल्य
टीभीएस जुपिटर १२५ को एक्स शोरूम मूल्य ७३ हजार ४०० भारु तोकिएको छ । टीभीएस जुपिटर १२५ ड्रम, ड्रम अलोय र डिस्क भेरिएन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसलाई ४ कलर अप्सनमा लन्च गरेको छ । जसमा डन ओरेन्ज, इन्डिब्लु, प्रिस्टिन ह्वाइट, टाइटेनियम ग्रे जस्ता रङ समावेश रहेको छ ।
नेपाली बजारमा हाल उपलब्ध टीभीएस जुपिटर क्लासिक ११० को मूल्य २ लाख ११ हजार ९ सय रुपैयाँ छ । आगामी दिनमा नेपाली बजारमा नयाँ जुपिटर १२५ उपलब्ध भयो भने यसको मूल्य २ लाख २५ हजार भन्दा बढी नै पर्न सक्छ ।
काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक...
टीभीएस मोटर कम्पनीले भारतमा अपडेटेड अपाचे आरआर ३१० लन्च गरेको छ। सो बाइक...
आर्थिक वर्ष २०२५ को ११ महिनामा टीभीएस अपाचे सिरिजले ४ लाखभन्दा बढी युनिट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...