१२५ सीसीका साथ अझै पावरफुल बनेर आयो टीभीएस जुपिटर स्कुटर

टीभीएस मोटर कम्पनीले भारतमा बिहीबार बहुप्रतीक्षित स्कुटर टीभीएस जुपिटर १२५ लन्च गरेको छ । कम्पनीका अनुसार यो १२५ सीसी स्कुटर टीभीएस जुपिटर पोर्टफोलियोमा शानदार उत्पादन रहेको र यसमा अधिक भन्दा अधिक फिचर समावेश गरिएको छ ।

सो स्कूटरमा पहिले भन्दा स्पेस रहेको छ । जसमा अन्डर सिट स्टोरेज, सेगमेन्ट लिडिङमा लामो सिट, प्रोग्रेसिभ नियो म्यास्कुलिन स्टाइल र बेजोड माइलेज उपलब्ध रहेको छ । यसमा ७९० एमएम लामो सिट रहेको छ, जुन सबैभन्दा धेरै हो । त्यसैगरी ३३ लिटरको अन्डरसिट स्टोरेज छ ।

लुक र स्टाइल
टीभीएस जुपिटर १२५ प्रोग्रेसिभ नियो म्यास्कुलिन स्टाइलमा उपलब्ध रहेको छ । स्कुटरमा स्टाइलिस एलईडी हेडल्याम्प र सिग्नेचर फ्रन्ट लाइट गाइडको साथमा ग्र्याब रेल रिफ्लेक्टरको साथमा एलिगेन्ट टेलल्याम्प समावेश गरेको छ । टीभीएस १२५ मा थ्रीडी एम्बलम र प्रिमियम पेन्टेड इनर प्यानल समावेश गरेको छ । डिस्क भेरिएन्ट डायमन्ड कट कलोय ह्वीलको साथमा उपलब्ध रहेको छ ।

फिचर
जुपिटर १२५ को फ्रन्टमा एक्सटर्नल फ्यल फिलर, फ्रन्ट मोबाइल चार्जर, एभरेज र रियल टाइम माइलेज इन्डिकेटरको साथमा सेमी डिजिटल स्पिडोमिटर, साइड स्ट्यान्ड इन्डिकेटर र इन्जिन इनहिबिटर, बडी ब्यालेन्स टेक्नोलोजी, लेग स्पेस, ईटीएफआई र इन्टेलिगो टेक्नोलोजी, अलोय ह्वील, डिस्क ब्रेक र यूएसबी सकेट जस्ता फिचर समावेश गरिएको छ ।

इन्जिन र पावर
टीभीएस जुपिटर १२५ स्कुटरमा हाई परफर्मेन्स र बढी माइलेजको साथमा पावरफुल सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर कुल्ड अल न्यु १२४.८ सीसी इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ६५०० आरपीएममा ६ किलोवाटको अधिकतम पावर र ४५०० आरपीएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ । यस इन्जिनको साथमा सीभीटी गियरबक्स दिइएको छ ।

सस्पेन्शन र परफर्मेन्स
सो एसयूभीमा सेमी डिजिटल स्पिडोमिटर समावेश गरिएको छ । जसले स्मार्ट अलर्ट, एभरेज र रियल टाइम माइलेजको जानकारी दिन्छ । टीभीएस जुपिटर १२५ मा राइडिङ एक्सपेरियन्सको लागि बडी ब्यालेन्स टेक्नोलोजी उपलब्ध रहेको छ । डायनामिक कम्फर्ट र ह्यान्डलिङको लागि मोनोट्यूब केनिस्टर ग्याँस चार्ज सक्सको साथमा फ्रन्ट टेलिस्कोपिक सस्पेन्शन र ३ स्टेप एडजस्टेबल रियर सक उपलब्ध रहेको छ ।

कलर र मूल्य
टीभीएस जुपिटर १२५ को एक्स शोरूम मूल्य ७३ हजार ४०० भारु तोकिएको छ । टीभीएस जुपिटर १२५ ड्रम, ड्रम अलोय र डिस्क भेरिएन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसलाई ४ कलर अप्सनमा लन्च गरेको छ । जसमा डन ओरेन्ज, इन्डिब्लु, प्रिस्टिन ह्वाइट, टाइटेनियम ग्रे जस्ता रङ समावेश रहेको छ ।

नेपाली बजारमा हाल उपलब्ध टीभीएस जुपिटर क्लासिक ११० को मूल्य २ लाख ११ हजार ९ सय रुपैयाँ छ । आगामी दिनमा नेपाली बजारमा नयाँ जुपिटर १२५ उपलब्ध भयो भने यसको मूल्य २ लाख २५ हजार भन्दा बढी नै पर्न सक्छ ।

सम्बन्धित समाचारहरू

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

काठमाडौं – नेपाली बजारमा प्रोटोनको नयाँ गाडी एक्स७० को औपचारिक बिक्री...

आयो टीभीएस एनटर्कको नयाँ संस्करण एक्सटी

आयो टीभीएस एनटर्कको नयाँ संस्करण एक्सटी

टीभीएसले एनटर्क स्कुटरको नयाँ संस्करण एक्सटी भारतीय बजारमा लन्च गरेको छ ।...

१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

टीभीएसले छिट्टै आफ्नो लोकप्रिय स्कुट एनटर्कको १५० सीसी संस्करण लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...