भोलिदेखी बिक्री सुरु हुँदै टीभीएस जुपिटरको नयाँ भर्सन, यस्तो छ विशेषता

काठमाडौं – टीभीएस वाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले भोली जुपिटर स्कुटरको नयाँ भर्सन लन्च गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली बजारमा बिक्री हुँदै आएको यस स्कुटरको अपग्रेडेड भर्सनलाई भोलिदेखी बिक्री सुरु गर्न लागिएको हो ।

नयाँ जुपिटरमा प्रशस्तै बेस्ट–इन–क्लास र फस्र्ट–इन सेग्मेन्ट फिचर दिइएको छ । ११३ सिसी इन्जिन क्षमताको यस स्ुकटर बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य स्कुटरको तुलनमा पावरफुल र उच्च पर्फमेन्सयुक्त रहेको कम्पनीको भनाई छ ।

सीभीटी गियर बक्सयुक्त सो स्कुटरलाई हल्का बनाउनका लागि विभिन्न हलुका मेटरियल र पोलिमरको प्रयोग गरिएको छ । साथै, यसको पावर ८ बीएचपी र टर्क ९.२ एनएम छ ।

बेस्ट–इन–क्लास फिचरको रुपमा टीभीएस जुपिटरमा युएसबी मोबाइल चार्जिङ, साइलेन्ट स्टार्ट, फ्रन्ट लेग स्पेस, फ्रन्ट २ लिटर ग्लोभबक्स, फाइन्ड माई भेइकल, भ्वाइस असिस्ट, ई–जेड सेन्टर स्ट्यान्ड, मेटल म्याक्स बडी, एलईडी हेडल्याम्प, कल अलर्ट, नेभिगेसन र एसबीटी सहितको डिस्क ब्रेक लगायतका फिचर छन् ।

त्यसैगरी फस्र्ट–इन–क्लास फिचरको रुपमा डलब हेल्मेट स्पेस, आईजीओ असिस्ट, डिस्टेन्स टु एम्प्टी, हाजार्ड ल्याम्प्स, इमर्जेन्सी ब्रेक वार्निङ, फुल्ली डिजिटल कन्सोल, फ्रन्ट फ्युल फिल, एभरेज फ्युल इकोनोमी, इन्फिनिटी ल्याम्प्स, फलो मी हेडल्याम्प, रियल टाइम फ्युल इकोनोमी, बडी ब्यालेन्स टेक्नोलोजी, पियानो ब्ल्याक फिनिस र सबैभन्दा लामो सिट लगायतका फिचर छन् ।

पहिलेको जुपिटरको तुलनामा नयाँ जुपिटरमा अपडेटेड इन्जिनका साथै सेफ्टी र अन्य धेरै फिचर थपिएका हुन् । यसको डिजाइन नै पहिले भन्दा फरक छ । पहिलेको परम्परागत डिजाइनको तुलनामा नयाँ जुपिटर स्कुटरमा स्लिक एलईडी बार सहितको डिजाइन छ । त्यसैगरी नयाँ कलर अप्सनका साथै स्टोरेजका लागि फ्युल ट्यांकी पनि फ्लोरबोर्डसँगै राखिएको छ ।

फोन कनेक्टिभिटी, नेभिगेसन र भ्वाइस कमान्डका साथै ३३ लिटरको बुट स्पेस, युएसबी चार्जरलगायतका फस्र्ट–इन–क्लास र बेस्ट–इन–क्लास फिचरले यसलाई फरक बनाएको छ ।

नयाँ जुपिटरले यहि सेग्मेन्टमा उपलब्ध होन्डा डिओ ११० र हिरो जुम ११० संग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टीभीएस एनटर्क अब १५० सीसी इन्जिनमा पनि आउने, ४ दिनपछि लन्च हुँदै

टीभीएस एनटर्क अब १५० सीसी इन्जिनमा पनि आउने, ४ दिनपछि लन्च हुँदै

टीभीएसको लोकप्रिय स्कुटर एनटर्क अब १५० सीसी इन्जिनमा पनि उपलब्ध हुने भएको...

नेपालकै सोरुममा टीभीएसको मोटरसाइकल राइडर १२५, २ लाख ४८ हजार मूल्यका साथ लन्च हुँदै

नेपालकै सोरुममा टीभीएसको मोटरसाइकल राइडर १२५, २ लाख ४८ हजार मूल्यका साथ लन्च हुँदै

काठमाडौं – भारतमा केही दिन पहिले मात्र लन्च गरिएको टीभीएसको नयाँ...

टीभीएसको पहिलो एड्भेन्चर बाइक अपाचे आरटीएक्स लन्च

टीभीएसको पहिलो एड्भेन्चर बाइक अपाचे आरटीएक्स लन्च

टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल अपाचे आरटीएक्स लन्च गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...