टीभीएसले यही साता ल्याउने भयो १२५ सीसीमा जुपिटर स्कुटर, थपिदै अर्को प्रतिस्पर्धि

टीभीएस मोटर कम्पनीले नयाँ १२५ सीसी स्कुटर यही हप्ता अक्टोबर ७ मा भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । सम्भवतः यसलाई टीभीएस जुपिटर १२५ सीसीको रूपमा लन्च गरिनेछ ।

टीभीएसको सो नयाँ स्कुटर होन्डा एक्टिभा १२५, सुजुकी बर्गम्यान १२५ र सुजुकी एक्सेस १२५ का साथै यामाहा फेसिनो जस्ता स्कुटरहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ स्कुटरको लन्चिङ भन्दा पहिले नै यसको टिजर भिडियो जारी गरेको छ । यसमा फ्रन्ट एप्रन माउन्ट हेडल्याम्पको साथै एलईडी डीआरएल समावेश गरिएको छ । साथै नयाँ एलईडी टेललाइट, नयाँ साइड प्यानल, ग्र्याब रेल्स, ब्लुटुथ कनेक्टिभिटी भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसबी चार्जर उपलब्ध रहेको छ । मिडिया रिपोर्टका अनुसार टीभीएस १२५ सीसी स्कुटरमा धेरै अन्डर सिट स्पेस हुनेछ ।

टीभीएसको नयाँ स्कुटरमा १२४.८ सीसी सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसमा फ्युल इन्जेक्शन सिस्टम सुसज्जित रहेको छ । सो इन्जिन एनटर्क स्कुटरमा पनि रहेको छ ।

टीभीएसको नयाँ १२५ सीसी स्कुटरको इन्जिनले ९.४ पीएसको पावर र १०.५ एनएम टर्क जेनेरेट गर्छ । सो स्कुटरमा भ्वाइस असिस्ट र इन्टेलिगो जस्ता फिचर देख्न सकिन्छ ।

हाल टीभीएस जुपिटर ११० सीसी इन्जिनमा रहेको छ । नेपाली बजारमा पनि जुपिटर क्लासिक स्कुटर बिक्रीको लागि उपलब्ध छ । यसको मूल्य २ लाख ११ हजार ९ सय रुपैयाँ छ । अब १२५ सीसीमा जुपिटर स्कुटर आयो भने नयाँ प्रतिस्पर्धा थपिने छ ।

हाल टीभीएसले १२५ सीसी सेगमेन्टमा उपलब्ध गराइरहेको एनटर्क स्कुटरले विशेष गरी युवाहरुको मन जितिरहेको छ । जुपिटरमार्फत टीभीएसले अब एउटा राम्रो फेमिली स्कुटर उपलब्ध गराएको सन्देश दिन खोजेको पाइन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा अपाचे आरटीआर १६० टुभीको नयाँ भर्सन, ग्राफिक्स र टायर साइजमा परिवर्तन

नेपाली बजारमा अपाचे आरटीआर १६० टुभीको नयाँ भर्सन, ग्राफिक्स र टायर साइजमा परिवर्तन

काठमाडौं – टीभीएसको नयाँ आरटीआर १६० टु भी सार्वजनिक गरिएको छ । टीभीएस...

टीभीएसले ल्यायो ‘कायापलट’ अफर : नकिन्दै १ लाख, किने पछि १० लाख

टीभीएसले ल्यायो ‘कायापलट’ अफर : नकिन्दै १ लाख, किने पछि १० लाख

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

टीभीएस आईक्युबको ग्रिन रेभोलुसन राइड सम्पन्न, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

टीभीएस आईक्युबको ग्रिन रेभोलुसन राइड सम्पन्न, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

काठमाडौँ – नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...