३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २ लाख युनिट बिक्री हुने पहिलो स्कुटरको रेकर्ड कायम गरेको छ । लन्च भएको तीन वर्ष बढी सयमा आई–क्यूव २ लाख युनिट बिक्री भएको हो । सो स्कुटरले भारतीय बजारमा बजाज चेतक, ओला एस१ र एथर ४५० एक्स लगायत स्कुटरसंग प्रतिस्पर्धा गरिरहेको छ ।

टिभिएसले पछिल्लो १० महिनामा १ लाखभन्दा बढी आई–क्यूव बिक्री गर्न सफल भएको छ । यसले पछिल्लो समय सो स्कुटरमा ग्राहकको आकर्षण वढ्न थालेको पुष्टि गर्छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्र सो स्कुटर ९६ हजार ५०० बढी बिक्री भएको कम्पनीले जनाएको छ । फेम टु सब्सिडीक कारण विचको केही समय यसको बिक्री प्रभावित बनेको थियो ।

भारतमा राम्रो संख्यामा बिक्री भईरहेको आई–क्यूवले नेपाली बजारमा भने बजार लिन सकिरहेको छैन । इलेक्ट्रिक टु–ह्विलरमा ग्राहकको आकर्षण वढ्न नसकेका कारण नेपालमा आई–क्यूवले सोचे अनुसार बजार लिन नसकेको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । नेपालमा यसको मूल्य ४ लाख २९ हजार रुपैयाँमा तोकिएको छ ।

भारतीय बजारमा स्ट्यान्डर्ड र एस गरी कुल दुई भेरिएन्टमा उपलब्ध यो स्कुटर नेपालमा भने एस भेरिएन्टमा मात्र उपलब्ध छ । आई–क्यूवमा टीभीएसले ३.४ किलोवाट आवरको डवल ब्याट्री प्याक दिएको छ भने यसमा ३ किलोवाटको हव माउन्टेड इलेक्ट्रिक मोटर पाउन सकिन्छ । जसको पीक पावर ४.४ किलोवाट र टर्क १४० एनएम रहेको छ । ईको मोडमा चलाउँदा १०० किलोमिटर र पावर मोडमा ७५ किलोमिटर रेन्ज दिने दावी कम्पनीले गरेको छ ।

सम्बन्धित समाचारहरू

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सब–ब्राण्डको नामबाट ७...

धेरै संख्यामा नेपाल प्रस्थान गरे डीपल एस ०७ : आइतबार लन्च हुने, छिट्टै डेलिभरी गरिने

धेरै संख्यामा नेपाल प्रस्थान गरे डीपल एस ०७ : आइतबार लन्च हुने, छिट्टै डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि...

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...