३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २ लाख युनिट बिक्री हुने पहिलो स्कुटरको रेकर्ड कायम गरेको छ । लन्च भएको तीन वर्ष बढी सयमा आई–क्यूव २ लाख युनिट बिक्री भएको हो । सो स्कुटरले भारतीय बजारमा बजाज चेतक, ओला एस१ र एथर ४५० एक्स लगायत स्कुटरसंग प्रतिस्पर्धा गरिरहेको छ ।

टिभिएसले पछिल्लो १० महिनामा १ लाखभन्दा बढी आई–क्यूव बिक्री गर्न सफल भएको छ । यसले पछिल्लो समय सो स्कुटरमा ग्राहकको आकर्षण वढ्न थालेको पुष्टि गर्छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्र सो स्कुटर ९६ हजार ५०० बढी बिक्री भएको कम्पनीले जनाएको छ । फेम टु सब्सिडीक कारण विचको केही समय यसको बिक्री प्रभावित बनेको थियो ।

भारतमा राम्रो संख्यामा बिक्री भईरहेको आई–क्यूवले नेपाली बजारमा भने बजार लिन सकिरहेको छैन । इलेक्ट्रिक टु–ह्विलरमा ग्राहकको आकर्षण वढ्न नसकेका कारण नेपालमा आई–क्यूवले सोचे अनुसार बजार लिन नसकेको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । नेपालमा यसको मूल्य ४ लाख २९ हजार रुपैयाँमा तोकिएको छ ।

भारतीय बजारमा स्ट्यान्डर्ड र एस गरी कुल दुई भेरिएन्टमा उपलब्ध यो स्कुटर नेपालमा भने एस भेरिएन्टमा मात्र उपलब्ध छ । आई–क्यूवमा टीभीएसले ३.४ किलोवाट आवरको डवल ब्याट्री प्याक दिएको छ भने यसमा ३ किलोवाटको हव माउन्टेड इलेक्ट्रिक मोटर पाउन सकिन्छ । जसको पीक पावर ४.४ किलोवाट र टर्क १४० एनएम रहेको छ । ईको मोडमा चलाउँदा १०० किलोमिटर र पावर मोडमा ७५ किलोमिटर रेन्ज दिने दावी कम्पनीले गरेको छ ।

सम्बन्धित समाचारहरू

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सन् २०२५ को अप्रिलमा सेरेसले ३१ हजार ४८८ न्यु इनर्जी भेइकल बिक्री गरेर नयाँ...

रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ समेत भनिने दुर्लभ खनिजको संकट चर्किदै गएपछि भारतका तीन ठूला...

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ५०४ विद्युतीय कार भित्रिएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...