टीभीएस पीजीएम मिट सम्पन्न, आईक्युब स्कुटरको वारेमा मेकानिक्सलाई जानकारी प्रदान

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ललितपुरको डिलर युनिराइड अटोमा टीभीएस पीजीएम मिट आयोजना गरेको छ । पीजीएम अर्थात प्राइभेट ग्यारेज मेकानिक्सहरुका लागि आयोजना गरिएको सो कार्यक्रममा टीभीएसले नेपाली बजारमा उपलब्ध गराइरहेको आर्यक्युब इलेक्ट्रिक स्कुटरको विशेषता र यसको प्राविधिक पक्ष वारेमा जानकारी प्रदान गरिएको थियो ।

ललितपुरमा कार्यरत बाइक मेकानिक्सहरुको संस्था नेपाल अटो मेकानिक्स व्यवसायी संघका सदस्यहरुका लागि आयोजना गरिएको सो कार्यक्रममा टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको विशेषता र हाल उपलब्ध स्किमका वारेमा जगदम्बा मोटर्स अन्तर्गत आईक्युब हेड सुशान्त आचार्यले जानकारी प्रदान गरे ।

नेपाली बजारमा ३ लाख ९९ हजार ९ सय र ४ लाख २९ हजार ९ सय मूल्य पर्ने दुई भेरिएन्टका आईक्युब स्कुटर उपलब्ध भएको र त्यसमा केही छुट समेत उपलब्ध भएको उनले बताए । त्यसैगरी टीभीएसले हाल लाइफ टाइम ब्याट्री एस्योरेन्स सिस्टम उपलब्ध गराएकाले करिव ३ लाख रुपैयाँ मात्रै शुरुमा तिरेर बाँकी रकम मासिक रुपमा तिर्दै जाने र अन्य छुट समेत प्राप्त गर्न सकिने बताए ।

आईक्युब सर्भिस हेड मनिष राज अर्यालले बोसको मोटर र एलजीको ब्याट्री सेल भएकाले यो अन्य स्कुटर भन्दा प्रिमियम भएको बताए । क्लासिक लुक र सिटी राइडका लागि उपयुक्त यो स्कुटर प्राविधिक रुपमा समेत निकै नै उपयुक्त भएको उनले बताए ।

सातदोबाटो ट्राफिक प्रहरी इन्चार्ज भुपेन्द्र गिरीले मेकानिक्स र ट्राफिक प्रहरी मिलेर सडक दुर्घटना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सकिने विचार व्यक्त गर्दै यसका लागि सहकार्यको आह्वान गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष रुद्र खड्का र निवर्तमान अध्यक्ष राजकुमार बिकेले मेकानिक्सहरुका लागि पहिलो पटक इलेक्ट्रिक स्कुटरको वारेमा आवश्यक जानकारी उपलब्ध गराएकोमा जगदम्बा मोटर्सप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत यस्तै कार्यक्रमको अपेक्षा गरे ।

युनिराइड अटोका सञ्चालक निर्मल सिग्देलले टीभीएसका मोटरसाइकल र स्कुटरका साथै पछिल्लो समयमा नेपाली बजारमा भित्रिएको आईक्युब इलेक्ट्रिक स्कुटर समेत गुणस्तरीय भएको र यसका कारण नै ग्राहकले रुचाएको बताए । उनले ललितपुर क्षेत्रमा टीभीएसका कुनै पनि उत्पादन उपलब्ध गराउन र बिक्री पछिको सेवा समेत गुणस्तरीय रुपमा उपलब्ध गराउन युनिराइड अटो सदैव तयार रहेको बताए ।

सम्बन्धित समाचारहरू

बजाजले चेतक ब्रान्डमा अर्को नयाँ इलेक्ट्रिक स्कुटर थप गर्ने

बजाजले चेतक ब्रान्डमा अर्को नयाँ इलेक्ट्रिक स्कुटर थप गर्ने

चेतक ब्रान्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्दै आइरहेको बजाजले अर्को नयाँ...

इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुर पलायन हुने स्थिति आयो : श्रेष्ठ

इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुर पलायन हुने स्थिति आयो : श्रेष्ठ

काठमाडौँ–नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले...

टाटा मोटर्सले उत्पादन ग-यो ५० हजार इलेक्ट्रिक कार

टाटा मोटर्सले उत्पादन ग-यो ५० हजार इलेक्ट्रिक कार

टाटा मोटर्स इलेक्ट्रिक सवारी साधनको निर्माणमा तीव्रता दिन प्रयासरत छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...