टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएसले आफ्नो एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युबको नयाँ भेरिएन्ट थपेको छ । कम्पनीले करिब २ वर्षपछि सो स्कुटरको नयाँ बेस भेरिएन्ट र टप भेरिएन्ट थपेको हो । आईक्युबको सबैभन्दा सस्तो भेरिएन्टमा २.२ किलोवाट र टप भेरिएन्टमा ५.१ किलोवाट ब्याट्री उपलब्ध हुनेछ । अब आईक्युब, आईक्युब एस र आईक्युब एसटी गरी ३ भेरिएन्टमा आईक्युब उपलब्ध हुने भएको छ ।

आईक्युबको २.२ किलोवाट ब्याट्री भएको सस्तो भेरिएन्ट स्कुटरले एक पटक चार्जमा ७५ किलोमिटरको रेन्ज दिन्छ । सो स्कुटर २ घण्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ । यसका लागि कम्पनीले ९५० वाटको चार्जर उपलब्ध गराएको छ । सो ई–स्कुटरको टप स्पिड ७५ किलोमिटर प्रतिघण्टा छ । यसमा ३० लिटर स्टोरेज र वजन ११५ किलो छ ।

सो इलेक्ट्रिक स्कुटरको १२.३ किलोवाट ब्याट्री भएको दोस्रो भेरिएन्टमा थेफ्ट अलर्ट र टर्न बाई टर्न नेभिगेसन उपलब्ध छ । स्कुटरमा ५ इन्चको टीएफटी डिस्प्ले पनि उपलब्ध गराएको छ । यस स्कुटरमा मल्टि राइड मोड, कल अलर्ट, म्यासेज अलर्ट, रिभर्स पार्किङ जस्ता फिचर पनि उपलब्ध छ । कम्पनीले यसमा ९५० वाटको चार्जर पनि उपलब्ध गराएको छ । सो ई–स्कुटरको टप स्पिड ७५ किलोमिटर प्रतिघण्टा छ । यसमा ३० लिटर स्टोरेज उपलब्ध छ ।

आईक्युब एसटी लाइनअपमा कम्पनीले ३.४ किलोवाट र ५.१ किलोवाट क्षमताको ब्याट्री प्याक दिएको छ । २ वर्ष अघि ५.१ किलोवाट भेरिएन्ट सार्वजनिक गरिएको थियो । हाल सो स्कुटर लन्च गरिएको छ । ३.४ किलोवाटको रेन्ज १०० किलोमिटर छ । यसमा ७ इन्चको टचस्क्रिन टीएफटी डिस्प्ले समावेश छ । यसलाई ० देखि ८० प्रतिशत चार्ज हुन २ घण्टा ५० मिनेट लाग्छ ।

आईक्युब एसटीमा भएको ५.१ किलोवाट ब्याट्रीले सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसको टप स्पिड ८२ किलोमिटर प्रति घण्टा छ । सो स्कुटर ० देखि ८० प्रतिशत चार्ज हुन ४ घण्टा १८ मिनेट लाग्छ । एसटी ५.१ र एसटी ३.४ मा समान फिचर उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

काठमाडौं – वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको...

विश्वको तेस्रो मूल्यवान अटो ब्राण्ड ‘भीनफास्ट’ भारत आउने निश्चित

विश्वको तेस्रो मूल्यवान अटो ब्राण्ड ‘भीनफास्ट’ भारत आउने निश्चित

भियतनाममा उदय भएर अमेरिकी बजारमा चर्चित वनेको नयाँ अटोमोबाइल ब्राण्ड...

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा कहिले लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...