इलेक्ट्रिक दुई–पाङ्ग्रे बजार टीभीएस र बजाजको कब्जामा, बजार हिस्सा ५० प्रतिशतभन्दा बढी

काठमाडौं–भारतको इलेक्ट्रिक दुई–पाङ्ग्रे बजारमा टीभीएस र बजाजले कुल बजारको आधाभन्दा बढी हिस्सा कब्जा गरेका छन् ।

अगस्ट २०२६ को अन्तिम वाहन दर्ता डाटाअनुसार यी दुई कम्पनीहरूले मिलेर ५०.३ प्रतिशत बजार हिस्सा ओगटेका छन् जसले सुरुवाती दौडमा अगाडि रहेका नयाँ ईभी स्टार्टअपहरूलाई पछाडि पारेको छ ।

उक्त अवधिमा कुल १ लाख ४६ हजार ७७० युनिट इलेक्ट्रिक दुई–पाङ्ग्रे सवारी दर्ता भएकामा टीभीएसले ४० हजार ३४९ युनिटसहित २७.५ प्रतिशत र बजाजले ३३ हजार ४२२ युनिटसहित २२.८ प्रतिशत बजार हिस्सा हात पारेका हुन् ।

यसैबीच एथर इनर्जीले २३ हजार ५४२ युनिटसहित १६ प्रतिशत बजार हिस्सा पुर्याएर आफूलाई तेस्रो स्थानमा दर्हो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ भने हिरो भिडाले १४ हजार ३८८ युनिटसहित ९.८ प्रतिशत हिस्सा ओगटेको छ ।

दुई वर्षअघि करिब ३५ प्रतिशत बजार हिस्सा ओगटेर शीर्ष स्थानमा रहेको ओला इलेक्ट्रिक भने १० हजार ४०० युनिटसहित ७.१ प्रतिशतमा सीमित हुन पुगेको छ ।

इलेक्ट्रिक स्कुटरहरू अब आम उपभोक्तासम्म पुगेकाले भारतीय ग्राहकहरूले केवल नयाँ प्रविधिभन्दा पनि ब्रान्डको विश्वसनीयता, देशभर फैलिएको डिलर नेटवर्क, ब्याट्री सुरक्षा, मर्मत सम्भारको सहजता र बिक्री पछिको सेवालाई प्राथमिकता दिन थालेका छन् ।

दशकौंदेखि स्थापित आफ्नो सञ्जाल र पूर्वाधारको बलमा टीभीएस र बजाजले ईभी बजारमा आफ्नो पकड थप बलियो बनाएका हुन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...