८२ हजारले अवलोकन गरे नाडा अटो शो २०२४, कुन कम्पनीको बुकिङ कति ?
काठमाडौं – गत भाद्र ११ देखि प्रारम्भ भएको नाडा अटो शो २०२४ हिजो समापन भएको छ...
काठमाडौं – नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टीभीएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।
नयाँ भेरिएन्टको लन्चसँगै टीभीएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार टीभीएस आईक्युब ३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित छः पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अप्सनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।
उक्त लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेसनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, ‘नेपालमा टीभीएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टीभीएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।’
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि आफ्नो विचार राख्दै भने, ‘टीभीएस आईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको प्रवेशले नेपाली दुईपांग्रे ईभी क्षेत्रमा आएको परिवर्तनमा अझ गति थप्नेछ । हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं। नेपाली ग्राहकवर्गका लागि दुईपांग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।”
नयाँ टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ ।
टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टमा २.२ किलोवाट आवरको ब्याट्री रहेको छ । यसलाई ९५० वाटको चार्जरबाट चार्ज र्न सकिन्छ । यसलाई ८० प्रतिशत सम्म चार्ज गर्नका लागि फास्ट चार्ज गर्दा २ घण्टा लाग्छ ।
सो स्कुटरमा ५ इन्चको रंगीन टिएफटी स्क्रिन, सवारी दुर्घटना तथा टो अलर्ट, टर्न–बाइ–टर्न नेभिगेसन, डिस्ट्यान्स टु एम्प्टी, ३० लिटरको अन्डर सिट स्टोरेज र ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिड लगायतका विशेषता रहेका छन् ।
सो स्कुटर बालनट ब्राउन र पर्ल ह्वाइट कलरमा उपलब्ध हुनेछ ।
यो भन्दा पहिले नेपाली बजारमा टीभीएस आईक्युब स्कुटरका दुई भेरिएन्ट रहेका थिए । यसको मूल्य क्रमशः ३ लाख ९९ हजार ९ सय र ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ ।
काठमाडौं – गत भाद्र ११ देखि प्रारम्भ भएको नाडा अटो शो २०२४ हिजो समापन भएको छ...
बैंगलोरको इलेक्ट्रिक टु ह्विलर कम्पनी अल्ट्राभायोलेटले आफ्नो नयाँ...
काठमाडौं – गत जेठ महिनामा नेपाली बजारमा १५३ युनिट इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...