यस्तो छ टिभिएसले नेपालमै एसेम्वल गर्न लागेको अर्वन स्क्रयाम्वलर रोनिन
टिभिएसले हालसालै भारतीय बजारमा लन्च गरेको रोनिन मोटरसाइकल नेपालमै...
बजारमा नयाँ नयाँ ईभी आइरहेका छन् । यो अवस्थामा यसमा प्रयोग हुने ब्याट्री पनि नयाँ आउँदै छन् र नयाँ प्रविधि समेत उपलब्ध हुँदैछन् । त्यसैले समय क्रममा ब्याट्रीको मूल्य पनि घट्ने निश्चित छ । अहिले करिव १ लाख रुपैयाँ पर्ने ब्याट्रीको मूल्य केही वर्षमै ६०, ७० हजार रुपैयाँ हुन सक्छ । चारपांग्रे सवारी साधनको मूल्य पनि पहिले भन्दा घट्दै गएको पाइन्छ । यसको मूख्य कारण नै ब्याट्रीको मूल्य हो ।
यही कुुरालाई मनन गरी टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ मा विभिन्न प्रकारको अफर उपलब्ध गराएको छ । नेपाली बजारमा हाल आईक्युब र आईक्युब एस गरी दुई भेरिएन्टका इलेक्ट्रिक स्कुटर रहेका छन् ।
आईक्युबको मूूल्य ३ लाख ९९ हजार ९ सय अर्थात करिव ४ लाख र आईक्युब एसको मूल्य ४ लाख २९ हजार ९ सय अर्थात करिव ४ लाख ३० हजार रुपैयाँ छ ।
टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकले नगद, फाइनान्स र लाइफ टाइम ब्याट्री एस्योरेन्स स्किम छनोट गर्न सक्छन् । यी सबै स्किमका वारेमा जगदम्बा मोटर्सका आईक्युब हेड सुशान्त आचार्यको भनाइ यस्तो छ :
नगद
टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर नगदमा खरिद गर्न चाहने ग्राहकलाई हामीले नगद छुटको व्यवस्था गरेका छौ । यस अनुसार ४ लाख ३० हजार र ४ लाख रुपैयाँ मूल्य पर्ने दुई स्कुटर नगदमा किन्न चाहने ग्राहकले ३० हजार रुपैयाँ छुट पाउने छन् ।
फाइनान्स
फाइनान्स गर्दा चाहिं ३०, ४० र ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा शुरुमा नगद रकम बुझाएर स्कुटर लिन सकिन्छ । ३० प्रतिशत रकम बुझाउनेले वार्षिक करिव ८ प्रतिशत, ४० प्रतिशत बुझाउनेले ६ प्रतिशत र ५० प्रतिशत बुझाउनेले विना ब्याज नै बाँकी रकम किस्ताबन्दीमा १८ महिना सम्म बुझाउन सकिन्छ ।
लाइफ टाइम ब्याट्री एस्योरेन्स सिस्टम
ब्याट्री एस्योरेन्स सिस्टम अन्तर्गत १ लाख रुपैयाँ कम रकममै स्कुटर लिन सकिन्छ । यस अनुसार ४ लाख ३० हजार रुपैयाँ मूल्यको स्कुटरलाई कम्पनीले १ लाख रुपैयाँ कम बुझाए पनि हुने गरी ३ लाख ३० हजार रुपैयाँमै ग्राहकलाई हस्तान्तरण गर्छ । बाँकी १ लाख रुपैयाँ भने महिनाको २ हजार ९९९ रुपैयाँको दरले ३६ महिना सम्म किस्ताको रुपमा तिर्न सकिन्छ । यो अवस्थामा ब्याट्रीमा समेत ३६ महिनाको वारेन्टी उपलब्ध हुन्छ ।
हाल ईभी स्कुटर महंगो छ भन्नेहरुका लागि समेत यसले राहत प्रदान गर्नेछ । १ लाख रुपैयाँ पछि बुझाउने भए पछि यसलाई पेट्रोल हाल्ने पैसा यसमा हालेको मान्न पनि सकिन्छ । यो अवस्थामा समेत स्कुटर सबै ग्राहककै नाममा नामसारी हुन्छ ।
यी सबै स्किमबाट ग्राहकलाई निकै नै लाभ पुग्ने छ । यदि ३ वर्ष पछि तपाईलाई ब्याट्रीको वारेमा कुनै शंका लाग्यो भने मासिक रुपमा १ हजार ५ सय रुपैयाँ तिर्दै गएमा कुनै पनि समयमा ब्याट्रीमा समस्या देखियो भने हामी नयाँ ब्याट्री नै उपलब्ध गराइदिने छौ । यसले गर्दा ३ वर्ष पछिको चिन्ता पनि समाधान हुने भयो । हामीले ब्याट्रीको क्षमता अर्थात ब्याट्री हेल्थ ७० प्रतिशत भन्दा तल झरेमा मात्र फेर्नुपर्ने हुन सक्छ भनेका छौ । तर कसैलाई यो भन्दा पहिले नै फेर्न मन लागेमा पहिले नै फेर्न पनि सकिने छ ।
टिभिएसले हालसालै भारतीय बजारमा लन्च गरेको रोनिन मोटरसाइकल नेपालमै...
काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...
हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...