टिभिएस ग्रान्ड एक्सचेन्ज मेलाको भोली अन्तिम दिन

टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले राजधानीको भृकुटीमन्डमा आयोजना गरिरहेको ग्रान्ड एक्सचेन्ज मेला भोली सकिँदैछ । चैत्र २९ गतेदेखी शुरु भएको मेलामा दर्शकको उपस्थिती निकै राम्रो रहेको कम्पनी स्रोतले बताएको छ ।

मेलामा ग्राहकले आफूसंग भएको पुरानो मोटरसाइकलसंग टिभिएसको ब्रान्ड न्यू मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरिरहेका छन् । साथै मेला स्थलबाटै नयाँ मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।

नयाँ वर्ष २०७९ को प्रारम्भसंगै शूर गरिएको उक्त मेलामा ग्राहकलाई नयाँ वर्ष अफर समेत उपलब्ध गराइएको छ । जसका आधारमा ग्राहकले टिभिएस नेपालको वेभसाइटमा आफ्नो नाम दर्ता गरेकै भरमा वाइक नकिन्दै ५० हजार रुपैयाँसम्म र किन्दा १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

ग्राहकले आफूसंग भएको पुरानो मोटरसाकलको मूल्यांकन वापत आउने रकमलाई डाउन पेमेन्टका रुपमा भुक्तानी गरी सून्य प्रतिशत व्याजदरमा मासिक जम्मा ५ हजार ९ सय ९९ रुपैयाँ किस्तामा नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । प्रि बुकिङ लिने ग्राहकले २ हजार रुपैयाँको निशुल्क एसेसोरिज पाउनेछन् भने बाइक खरिद गर्दा निशुल्क हेल्मेट, रेनकोट र वाइक कभर प्राप्त गर्न सक्नेछन् ।

साथै बाइक किन्ने र नकिन्दे दुबै ग्राहकले टिभिएस नेपालको सोसल मिडियामा सहभागिता जनाएकै भरमा ३ जना भाग्यशाली बिजेताले अपाचे आरआर ३१० मोटरसाइकल बम्पर उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

नेपाली बजार भित्रिदै एफआई प्रविधि सहित टीभीएसका तीन नयाँ मोडल

नेपाली बजार भित्रिदै एफआई प्रविधि सहित टीभीएसका तीन नयाँ मोडल

काठमाडौं – नेपाली बजारमा टीभीएसका तीन नयाँ मोडलका मोटरसाइकल र स्कुटर...

टीभीएस एनटर्क १२५ ले ५० हजार युनिट बिक्रीको माइलस्टोन पार ग-यो नेपालमा

टीभीएस एनटर्क १२५ ले ५० हजार युनिट बिक्रीको माइलस्टोन पार ग-यो नेपालमा

काठमाडौं – नेपाली बजारमा टीभीएस एनटर्क १२५ स्कुटरले ५० हजार युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...