बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भोलि फागुन १३ देखि टीभीएस ग्रयान्ड एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ। भृकुटीमण्डपमा सम्पन्न हुन लागेको उक्त मेला आगामी फागुन १७ गतेसम्म गरी ५ दिनसम्म आयोजना हुने छ। यो एउटा यस्तो एक्सचेन्ज मेला हो जहाँ ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।
उक्त एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ मूल्यांकन पाउने छन् भने नयाँ सवारी खरिदमा १२ हजार रुपैयाँ सम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ । यसैगरी सुरुवाती १८ महिनासम्म शून्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ। किस्ताबन्दीको ईएमआई चाहिँ ५ हजार १९१ देखि सुरु राखिएको छ।
साथै यस मेला अन्तर्गत मेला अगावै बुकिङ्ग गर्ने ग्राहकले २ हजार रुपैयाँ बराबरको सामान सितैमा प्राप्त गर्नेछन् । यस मेलामा ग्राहकले टेस्ट राइड मात्र गर्दा खेरि समेत बिभिन्न आकर्षक स्योरसट उपहारहरु सहित बम्पर उपहार स्वरुप थाइल्याण्ड भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको बताएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...