विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा टीभीएस एन्टर्क १५० सार्वजनिक
बुटवल – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले...
काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आयोजना गरेको ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ मा दर्शकहरुको सहभागिता उत्साहजनक देखिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखी आयोजना भएको उक्त मेलामा ग्राहकले आफ्नो पुरानो बाइकसंग टीभीएसको ब्रान्ड न्यू मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् ।
‘पहिलो दिन वर्षका कारण केही असहज भएपनि आज दोस्रो दिन विहानैदेखि दर्शकको उपस्थिती बाक्लो देखिएको छ’ कम्पनीका डीजीएम सन्दिप शर्माले भने, ‘१२ गतेसम्म चल्ने मेलामा नयाँ मोटरसाइकल स्ट्राइकर समेत लन्च गर्ने तयारी गरेका छौ ।’
मेला अवधिभर ग्राहकले पुरानो सवारीमा न्यूनतम ३० हजारसम्मको मूल्यांकन पाउनेछन । साथै, ग्राहकले ८ हजार सम्मको नगद छुट, १० हजारसम्मको अतिरिक्त मूल्यांकन र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पाउनेछन् । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।
अफरको साथै, दर्शकले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसिहल, सौन्दर्य ब्राण्डको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन् । मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।





दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...