इन्डोनेसियामा लन्च भयो टीभीएसको ३३ लिटर स्टोरेज क्षमता भएको नयाँ क्यालिस्टो ११० स्कुटर
टीभीएस मोटर्सले इन्डोनेसियामा नयाँ क्यालिस्टो ११० स्कुटर लन्च गरेको छ।...
काठमाडौं–टीभीएसको लोकप्रिय सिरिज अपाचेले विश्वव्यापी बजारमा एक नयाँ र ऐतिहासिक माइलस्टोन पार गरेको छ । युवा पुस्तामा निकै लोकप्रिय मानिने यस मोटरसाइकलले विश्वभर कुल ७० लाख युनिट बिक्री गरेर नयाँ कीर्तिमान कायम गरेको हो ।
कम्पनीले आफ्नो ७० लाखौँ उत्पादनको रूपमा विशेष कालो रङको अपाचे आरआर३१० सुपरस्पोर्ट बाइकलाई एक भव्य समारोहका बीच ग्राहकलाई हस्तान्तरण गर्दै यस उत्सवलाई विशेष बनाएको छ ।
अपाचे सिरिजलाई शून्यबाट ७० लाखको यो उचाइसम्म पुग्न कुल २० वर्षको लामो यात्रा तय गर्नु परेको थियो । तर, चाखलाग्दो कुरा के छ भने, पछिल्लो समय यसको लोकप्रियता यसरी चुलियो कि मात्र २ वर्षको छोटो अवधिमा २० लाख युनिट अपाचे बाइकहरू बिक्री भए ।
कम्पनीले सन् २०२३ मा ५० लाख बिक्रीको उत्सव मनाएको थियो भने सन् २०२५ मा ६० लाखको आँकडा पार गर्दै सन् २०२६ मा ७० लाखको ऐतिहासिक रेकर्ड राख्न सफल भएको हो ।
टीभीएसका अनुसार, बाइकको पर्फर्मेन्स र राइडिङ कल्चर मन पराउने चालकहरूको आफ्नै एउटा ठुलो सञ्जाल बनेको छ । हाल ‘अपाचे ओनर ग्रुप’मा मात्रै ५ लाखभन्दा बढी सक्रिय सदस्यहरू आबद्ध छन् । समग्र रूपमा हेर्दा, विश्वभर ६ करोड ५० लाखभन्दा बढी ग्राहकले टीभीएसका मोटरसाइकल तथा स्कुटर गुडाइरहेका छन् ।
अपाचेको यो सफलतामा यसका विभिन्न सेगमेन्टका बाइकहरूको ठुलो हात छ । बजारमा सुरुवाती रेन्जका आरटीआर१६०, आरटीआर१६० ४भी, आरटीआर १८०, र आरटीआर २०० ४भी ले आफ्नो बलियो पकड बनाएका छन् । त्यसैगरी, प्रिमियम सेगमेन्ट तर्फ आरआर ३१० सुपरस्पोर्ट, आरआर३१० र एड्भेन्चर प्रेमीहरूका लागि आरटीएक्स सिरिजले ग्राहकको मन जितिरहेका छन् ।
अपाचे सिरिज नेपाली राइडरमाझ समेत निकै लोकप्रिय बनेको मोटरसाइकल हो । नेपालमा हाल यसको आरटीआर१६०, आरटीआर१६० ४भी, आरटीआर १८० र आरटीआर २०० ४भी र आरआर ३१० मोडल उपलब्ध छन् । यी बाइक नेपालस्थित टीभीएसको एसेम्वल प्लान्टबाटै उत्पादन गरिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...