रेसिङ टिमका लागी टिभिएसले गर्यो पेट्रोनाससंग साझेदारी
रेसिङ अप्रेसनका लागी टिभिएसले मलेशियन लुब्रिकेन्ट्स ब्रान्ड...
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले आज नयाँ टीभीएस अपाचे आरटीआर २०० फोरभीको बीएस ६ भर्सन सार्वजनिक गरेको छ । नयाँ बाइकमा सेग्मेन्टकै पहिलो तीनवटा राइड मोड फिचर्स उपलब्ध गराइएको छ ।
यसमा उपलब्ध गराइएको स्पोर्ट, अर्बान र रेन मोडमा राइडरले आफ्नो आवश्यकता अनुसार बाइकलाई कुदाउन सक्नेछन् । त्यसैगरी यो बाइकमा रेस ट्युन फ्युल इन्जेक्सन प्रविधि उपलब्ध गराइएको छ । सिंगल च्यानल एबीएसले यसको ब्रेकिङ प्रणालीमा सुधार ल्याएको छ ।
यो बाइकमा अन्य थुप्रै नयाँ फिचर्स समेत उपलब्ध गराइएको छ । एड्जस्टेबल सस्पेन्सन, स्मार्ट केनक्ट फिचर्स र आरटी स्लिपर क्लच जस्ता अत्याधुनिक र सुविधासम्पन्न फिचर्स दिइएको छ । जसका कारण राइडरलाई यात्रा गर्न सहज र सुरक्षित हुने बताइएको छ ।
२ सय सीसी क्षमताको यो बाइकलाई स्पोर्ट मोडमा कुदाउँदा २०.२२ पीएस र अर्बान अर्थात रेन मोडमा कुदाउँदा १७.३२ पीएस पावर दिन्छ । त्यसैगरी यसको अधिकतम टर्क समेत राइडिङ मोड अनुसार फरक छ ।
स्पोर्ट मोडमा कुदाउँदा १७.२५ एनएम टर्क जेनेरेट गर्ने यो बाइकलाई अर्बान र रेड मोडमा कुदाउँदा भने १६.५१ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकलाई स्पोर्ट मोडमा अधिकतम १२७ किलोमिटर प्रतिघन्टा र अर्बान अर्थात रेन मोडमा १०५ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।
यो फर्स्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको छ । उच्चतम प्रस्तुति दिन सक्षम सोवा सस्पेन्सनको प्रिलोडेड एड्जस्टमेन्टले चालकलाई प्लस राइड र ट्रयाक राइडमा कुदाउन सहयोग गर्छ ।
यसको मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
रेसिङ अप्रेसनका लागी टिभिएसले मलेशियन लुब्रिकेन्ट्स ब्रान्ड...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले विश्व...
टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...