युवा आकर्षणका लागि टीभीएसले ल्याउदै छ अपाचे आरटीआर १६५ आरपी

टीभीएस मोटर्स कम्पनीले अपाचे सिरिजमा नयाँ बाइक टीभीएस अपाचे आरटीआर १६५ आरपी बजारमा ल्याउने भएको छ । आरपीको अर्थ रेस पर्फमेन्स हो । अनुमानित रिपोर्ट अनुसार सो बाइक आउँदो हप्ता भारतमा सार्वजनिक गरिने छ । हाल उपलब्ध बाइक अपाचे आरटीआर १६० फोरभीमा केही कस्मेटिक परिवर्तन र स्पोर्टी लुकको साथमा यसलाई प्रस्तुत गरिने छ । कम्पनीले केही दिन पहिले अपाचे आरटीआर १६५ आरपी नेमप्लेट नामले ट्रेडमार्क गराएको थियो ।

टीभीएस अपाचे आरटीआर १६५ आरपी एर्गाेनामिक डिजाइन र लोअर ह्यान्डलबारको साथमा उपलब्ध हुनेछ । यसको फुटपेगलाई पनि अगाडि झुकाइएको हुनेछ । सो बाइकमा ड्रम ब्रेक र डिस्क ब्रेक दुबैको विकल्प रहेको छ । साथै एबीएस पनि हुनेछ ।

बाइकमा १५९.७ सीसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन समावेश गर्नेछ । जसमा फ्युल इन्जेक्सन टेक्नोलोजी जडान गरिएको छ । सो बाइकले १७.६३ बीएचपीको पावर र १४.७३ एनएमको टर्क जेनेरेटर गर्छ ।

टीभीएसी मोटर कम्पनीले रेसिङ स्पोर्टस् बाइक प्रेमीका लागि टीभीएस अपाचे आरआर ३१० बाइक लन्च गरेको थियो । सो बाइकमा शानदार लुक र पावरफुल फिचर समावेश गरिएको छ ।

टीभीएसले पछिल्लो समयमा आरटीएफआई अर्थात रेस ट्युन्ड एफआई प्रविधिका बाइक बजारमा ल्याउने कार्यलाई तीव्रता दिएको छ । अपाचे आरटीआर १६५ आरपी यसैको निरन्तरता हुनेछ ।

सम्बन्धित समाचारहरू

भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

हिरो मोटोकर्प र हार्ले डेभिडसनको साझेदारीमा बनेको बाइकको पहिलो तस्बिर...

टीभीएसको नयाँ अपाचे आरटीआर १६० ४भी लन्च, अब सबै भेरिएन्टमा प्रोजेक्टर हेडल्याम्प र स्लिपर क्लच

टीभीएसको नयाँ अपाचे आरटीआर १६० ४भी लन्च, अब सबै भेरिएन्टमा प्रोजेक्टर हेडल्याम्प र स्लिपर क्लच

टीभीएस मोटर्सले आफ्नो लोकप्रिय मोडल टीभीएस अपाचे आरटीआर १६० ४भी को अपडेट...

१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

टीभीएसले छिट्टै आफ्नो लोकप्रिय स्कुट एनटर्कको १५० सीसी संस्करण लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...