अपडेट फिचरसहित टीभीएस अपाचे आरआर ३१० लन्च

टीभीएस मोटरले सुपर प्रिमियम स्पोर्ट्स मोटरसाइकल अपाचे आरआर ३१० नयाँ अवतारमा प्रस्तुत गरेको छ । यस बाइकले एसिया रोड रेसिङ च्याम्पियनसिपमा २१५.९ किलोमिटर प्रतिघण्टाको उच्चतम गति र १:४९.७४२ सेकेन्डको ल्याप टाइम जस्ता रेकर्ड बनाएको छ।

नयाँ अपाचे आरआर ३१० तीन स्टयान्डर्ड भेरिएन्ट र तीन बिल्ड टु अर्डर विकल्पमा उपलब्ध छ । यसमा बीटीओ किटको पनि सुविधा दिइएको छ, जसअन्तर्गत डाइनामिक किटको मूल्य १८ हजार भारु, डाइनामिक प्रो किटको मूल्य १६ हजार भारु र रेस रेप्लिका कलर अप्सनको मूल्य १० हजार भारु तोकिएको छ।

नयाँ अपडेटसहितको आरआर ३१० पहिलेभन्दा अझ उन्नत सुविधासहित आएको छ । यसमा सेगमेन्ट-फर्स्ट सिक्वेन्सियल सिग्नल ल्याम्प, कर्नरिङ ड्र्याग टर्क कन्ट्रोल, लन्च कन्ट्रोल, दोस्रो पुस्ताको रेस कम्प्युटर र नयाँ ८ स्पोक अलोय ह्विल समावेश छ ।

पावरको कुरा गर्दा, यसमा ३१२.२ सीसी रिभर्स-इन्क्लाइन गरिएको डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३८ पीएस पावर र २९ एनएम टर्क प्रदान गर्छ। साथै, ट्र्याक, स्पोर्ट, अर्बन र रेन गरी चारवटा राइडिङ मोड उपलब्ध छन्, जसले विभिन्न परिस्थितिमा उत्कृष्ट राइडिङ अनुभव सुनिश्चित गर्छ।

पूर्ण रूपमा फेयर्ड रेसिङ लुक र आक्रामक स्ट्यान्सले सजिएको यो बाइक ट्र्याक र स्ट्रिट दुवैका लागि उपयुक्त छ। प्रिमियम स्पोर्ट्स सेगमेन्टमा रहेको यो बाइकको बुकिङ सुरु भइसकेको छ।

सम्बन्धित समाचारहरू

होन्डा र बजाजले बढाए मूल्य : अब पालो टीभीएस र यामाहाको

होन्डा र बजाजले बढाए मूल्य : अब पालो टीभीएस र यामाहाको

काठमाडौं – निषेधाज्ञा खुले पश्चात नेपाली बजारमा होन्डा र बजाज बाइकको...

औपचारिक रुपमै लन्च भयो टीभीएस रोनिन, यस्तो छ मूल्य र विशेषता

औपचारिक रुपमै लन्च भयो टीभीएस रोनिन, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

टीभीएस अपाचे आरआर ३१० को नयाँ संस्करण लन्च हुने, देखियो परीक्षणमा

टीभीएस अपाचे आरआर ३१० को नयाँ संस्करण लन्च हुने, देखियो परीक्षणमा

टीभीएसले आफ्नो फ्ल्यागशिप सुपरस्पोर्ट मोटरसाइकल अपाचे आरआर ३१० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...