चेरी वान्डाका विद्युतीय भ्यान नाइमा एक्स्पोमा, बिना धितो हायर पर्चेज सुविधा
काठमाडौँ — काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी...
काठमाडौं – भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सुरु गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनाका बिजेता घोषणा गरेको छ । उपहार योजना अन्तर्गत प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले बम्पर उपहारमा टीभीएस अपाचे आरटीआर मोटरसाइकल जित्न सफल भएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममार्फत गोलाप्रथाबाट विजेता सार्वजनिक गरिएको हो । बुधबार नै अन्य १३ जनाले दराज, मिसिओ, मिनिसो, एसीडीसीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भएका छन् ।
मंसिर ५ गतेसम्म सञ्चालन भएको यो योजनामा साप्ताहिक रुपमा सयौँले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपी र इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...