१ हजार किलोमिटर वढी रेन्ज दिने मर्सिडिजको भिजन इक्यूएक्सएक्स
मर्सिडिज वेन्जले भविष्यमा आधारित इभी कन्सेप्ट भिजन इक्यूएक्सएक्सलाई...
२०२६ जनवरी महिनामा भारतमा १ लाख १२ हजारभन्दा बढी इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन बिक्री भएका छन्। मिडिया रिपोर्टका अनुसार यो संख्या अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत र अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले वृद्धि भएको हो । यद्यपि ओला इलेक्ट्रिकको अवस्था भने अपेक्षाकृत कमजोर बनेको छ ।
जनवरी २०२६ मा टीभीएस मोटर कम्पनीले आईक्युब र एक्स जस्ता मोडलको बलमा कुल ३४ हजार ४३३ युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । दोस्रो स्थानमा रहेको बजाज अटोले जनवरी महिनामा आफ्नो चेतक इलेक्ट्रिक स्कुटरका २५ हजार ५११ युनिट बिक्री गरेको छ। कम्पनीले हालै ल्याएको चेतक सी२५ मोडलले आकर्षक डिजाइन, फिरच र रेन्जका कारण उपभोक्ताको ध्यान तानेको देखिन्छ। जनवरीमा बजाज अटोको इलेक्ट्रिक दुई पाङ्ग्रे बजार हिस्सा २०.८३ प्रतिशत रहेको छ।
तेस्रो स्थानमा अथर इनर्जी रहेको छ। कम्पनीले जनवरी २०२६ मा २१ हजार ९१५ इलेक्ट्रिक स्कुटर बिक्री गर्दै करिब १८ प्रतिशत बजार हिस्सा हासिल गरेको छ । साथै हिरो मोटोकर्पको इलेक्ट्रिक ब्रान्ड भिडाले पनि उल्लेखनीय प्रगति गरेको छ। जनवरी महिनामा भिडाले १३ हजार २७३ इलेक्ट्रिक स्कुटर बिक्री गर्दै १०.८४ प्रतिशत बजार हिस्सा हासिल गरेको छ।
यस सूचीको अन्तिम स्थानमा ओला इलेक्ट्रिक परेको छ। जनवरी २०२६ ओलाका लागि खासै उत्साहजनक रहेन। कम्पनीले सो महिनामा केवल ७ हजार ५११ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन बिक्री गरेको छ, जसबाट यसको बजार हिस्सा ६.१३ प्रतिशतमा सीमित रह्यो । एक वर्षअघि ओला इलेक्ट्रिकको बजार हिस्सा करिब २५ प्रतिशत रहेको थियो। हाल ओलाले एस१ सिरिजका स्कुटर र रोडस्टर सिरिजका इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्दै आएको छ ।
जनवरी २०२६ को तथ्यांकले इलेक्ट्रिक दुई पाङ्ग्रे बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गरेको छ। टीभीएस र बजाज जस्ता कम्पनीले आफ्नो पकड मजबुत बनाइरहेको छ भने ओला इलेक्ट्रिक जस्ता कम्पनीलाई बजारमा टिकिरहन थप रणनीति आवश्यक पर्ने देखिन्छ।
मर्सिडिज वेन्जले भविष्यमा आधारित इभी कन्सेप्ट भिजन इक्यूएक्सएक्सलाई...
ह्याचब्याक कारको माग दिनानुदिन बढ्दै गएको छ । मारुती सुजुकी वागन आर र...
मनसुन चलिरहेको छ । अविरल वर्षाको समयमा विद्युतीय कार प्रयोग गर्नुहुन्छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...