बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टीभीएस स्टार सिटी प्लस दमदार लुकमा लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले टीभीएस स्टार सिटी प्लसको टिजर पनि सार्वजनिक गरेको छ । सो टिजरमा बाइकको डिजाइनमा परिवर्तन गरिएको देख्न सकिन्छ । सो बाइक २०२० मा लन्च गरिएको बीएस६ स्टार सिटी प्लस जस्तो देखिन्छ ।
रिपोर्टका अनुसार टिजर पछि सो बाइक भारतमा चाँडै लन्च गर्ने अनुमान गरिएको छ । सो बाइक मार्चको पहिलो हप्ता लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि यसको बारेमा कम्पनीले केही जानकारी दिइएको छैन ।
हाल उपलब्ध बीएस६ स्टार सिटी प्लसमा १०९ सीसीको फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । जसले ७३५० आरपीएममा ८.०८ बीएचपीको पावर र ४५०० आरपीएममा ८.७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ४ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकको स्पिड ९० किलोमिटर प्रति घन्टा रहेको छ । कम्पनीले सो बाइकमा ईटीएफआई वा ईको थ्रस्ट फ्युल इन्जेक्सन टेक्नोलोजी समावेश गरेको छ । जसले १५ प्रतिशत बढी माइलेज दिन्छ ।
२०२१ टीभीएस स्टार सिटी प्लसमा नयाँ कलर अप्सनको विकल्प रहेको छ । यसको साथै नयाँ ग्राफिक्स पनि समावेश गरिएको छ । नयाँ स्टार सिटी प्लसमा एलईडी हेडल्याम्प, फेयरिङ, रियर भ्यु मिरर, पार्ट डिजिटल एनालग कन्सोल, डुअल टोन सिट, यूएसबी मोबाइल चार्जर र रियरमा ५ स्टेप एडजस्टेबल सक एब्जर्बर जस्ता फिचर रहेको छ ।
हाल उपलब्ध टीभीएस स्टार सिटी प्लसले ७० देखि ८६ किलोमिटरको माइलेज प्रदान गर्छ । नयाँ टीभीएस स्टार सिटी प्लसले बढी माइलेज दिने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...